नारायणकाजी श्रेष्ठमाथि सुतली बम प्रहार

Naraya kaji shrestha

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु माथि श्रंखलाबद्ध रुपमा बम आक्रमण हुन थालेको छ ।

विहीबार गोरखामा माओवादीका प्रभावशाली नेता समेत रहेका प्रतिनिधि सभा उम्मेदवार नारायणकाजी श्रेष्ठमाथि अज्ञात समुहले बम आक्रमणको प्रयास गरेका छन् ।

गोरखा क्षेत्र नं. २ को निर्वाचन परिचालन सचिवालयको मिटिङमा जादै गर्दा गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीलाई लक्षित गरी दिउँसो ४ बजे सुतली बम विस्फोट गराइएको थियो । तर, सो समुहले बम विस्फोट गराउँदा माओवादी नेता श्रेष्ठ झण्डै ३ सय मिटर अघि बढिसकेका कारण कुनै क्षति नपुगेको प्रहरीले जनाएको छ ।

पछिल्ला केही दिनमा विभिन्न जिल्लाका वामपन्थी उम्मेदवारमाथि यसरी नै बम विष्फोटको प्रयास हुँदै आएको छ । तर, भोजपुरमा बाहेक अन्य स्थानका उम्मेदवार चढेको गाडीमा कुनै क्षति पुगेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...