सुदूरपश्चिमका कार्यकर्ता भेट्न सभापति देउवालाई भ्याइनभ्याई

29 deuwa

डडेलधुरा । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा व्यस्त भएका छन् ।

प्रधानमन्त्री देउवाले गृह जिल्लालाई नै मुकाम बनाएर सुदूर पश्चिमाञ्चलका विभिन्न जिल्लाको निर्वाचन अभियान केन्द्रित बनाउने भएका छन् । देउवा विहीबार डडेलधुरा आउँदै छन् ।

नेपाली कांग्रेस डडेलधुराका अनुसार प्रधानमन्त्री देउवाले मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरी मंसिर २ गते बझाङ र बाजुरामा हुने आमसभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री त्यसपछि रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभामा सम्बोधन गर्ने बताइएको छ । तर, प्रधानमन्त्री दृउवाले ती जिल्लाहरुका कुन दिन सम्बोधन गर्ने भन्ने मिति तय भइनसकेको जिल्लाका नेताहरुले बताएका छन् ।

गृह जिल्ला डडेलधुरा मुकमा बनाएर विभिन्न जिल्लाको भ्रमण गर्दा प्रधानमन्त्री देउवाले ती जिल्लाका शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीहरुसँग जानकारी लिने छन् । साथै देउवाले नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका नेता र कार्यकर्ताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

बढ्यो देउवाको व्यस्तता
प्रधानमन्त्री देउवाको भ्रमणसँगै प्रदेश नं ७ मा चुनावी रौनक एकाएक बढेको छ । देउवा धनगढी पुगेसँगै पार्टी भित्रको आन्तरिक संगठनमा देखिएको समस्या दर्शाउने र समाधानको पहल गरिदिन आग्रह गर्ने नेता कार्यकता र उम्मेदवारको भेटका लागि तँछाड मछाड गरिहेका छन् ।

क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटनपछि प्रदेश नं ७ का कैलाली र कञ्चनपुर जिल्लाका कांग्रेसका उम्मेदवार तथा कार्यकर्तालाई भेट्न प्रधानमन्त्रीलाई भ्याइनभ्याई भइरहेको देखिन्थ्यो ।

चुनावी अभियानकै क्रममा सुदूरपश्चिमको भ्रमणमा निस्किएका प्रधानमन्त्री देउवा भेटघाटमा व्यस्त बनेका छन् । बुधबार प्रदेश नं ७ को कैलालीको निर्वाचन क्षेत्र २ लम्कीमा भएको पहिलो चुनावी सभालाई सम्बोधन गरेर धनगढी पुगेका देउवाले आजै आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीको पनि शुभारम्भ गरे ।

आजै कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रका उम्मेदवार र कार्यकर्तालाई छुट्टाछुट्टै भेट गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन लोकतन्त्रको भविष्यसँग जोडिएकाले सबैले आन्तरिक विवादलाई थाती राखेर निर्वाचनमा होमिनुपर्ने बताए ।

नेपाली कांग्रेसले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ सीट मध्ये ३५ स्थानमा आफ्ना उम्मेदवार उठाएको छ । प्रदेशसभाका ७४ सीट मध्ये ८ वटा गठबन्धनका अन्य दलहरुलाई दिएर ६६ सीटमा आफ्ना उम्मेदवार उठाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...