बाम गठबन्धनलाई जनताले जिम्मेवारी दिने विश्वास

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धनलाई यस पटक जनताले जिम्मेवारी दिने विश्वास व्यक्त गरे ।

नेकपा एमाले काठमाडौँ महानगरपालिका ३ बसुन्धराले आयोजना गरेको चुनावी कार्यक्रममा उनले वाम गठबन्धनले ल्याएको घोषणापत्रमा देशमा गरिबी, पछौटेपन, वर्गीय विभेदको अन्त्य गरेर विभिन्न उद्योगको विकास गर्ने योजना रहेको बताए ।

सामाजिक रुपान्तरणका लागि बेरोजगार समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत रहेका नेता पोखरेलले विगतमा नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएका सरकारले निजीकरणका नाममा सम्भावना भएका अधिकांश उद्योगलाई धराशायी बनाइएको आरोप लगाए ।

सो अवसरमा कामपा ३ का वडाध्यक्ष दीपक केसी र एमाले कामपा ३ का अध्यक्ष कृष्ण चालिसेले वामपन्थीको एकताले लोकतन्त्रमा चुनौती थपिएको भनेर काँग्रेसले गठबन्धनविरुद्ध विभिन्न भ्रम फैलाएको भन्दै त्यसप्रति चनाखो हुन आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...