अष्ट्रेलियामा समलिङ्गी बिहेलाई समर्थन

समलिंगी

अष्ट्रेलिया । अष्ट्रेलियाले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने पक्षमा मतदान गरेको छ।

हुलाकमार्फत गराइएको एउटा निर्वाचनमा ६१ दशमलव ६ प्रतिशत मतदाता समलिङ्गी विवाहको पक्षमा उभिएका थिए।

मतदानमा व्यक्त धारणा कार्यान्वयन गर्न चाहिँ बाध्यकारी हुनेछैन्। चुनावी परिणामपछि अष्ट्रेलियाको सरकारले यसै वर्षको अन्त्यसम्म त्यससम्बन्धी कानून ल्याउने जनाएको छ।
उत्साहजनक ८ हप्ताको चुनावका क्रममा झण्डै ८० प्रतिशत अर्थात् एक करोड २० लाख मतदाताले मतदान गरेका थिए।

मतपरिणाम घोषणा हुँदाको वातावरण एकदमै उत्साहजनक रहेको थियो। अष्ट्रेलियातस्वीर कपीराइट मध्ये सिड्नीमा ठूला स्क्रिनमा परिणाम घोषणा भएको हेर्न जम्मा भएका हजारौं मानिसले खुसियाली मनाएका थिए।

महिनौंको विभाजनकारी बहस र दशकौँ लामो अभियानपछि समलिङ्गी जोडीहरुले अहिले अष्ट्रेलियाका नागरिकको साथ पाएका छन्।

अबको चरणमा राजनीतिज्ञहरुले नयाँ कानून पारित गर्नुपर्ने हुन्छ। यसै वर्षको अन्त्यसम्म त्यस्तो कानून ल्याइसक्ने अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले बताएका छन्।

उनले भनेका छन्, अष्टेलियाका जनता बोलेका छन् र उनीहरुले अभूतपूर्व रुपमा समानता सहितको विवाह हुनुपर्छ भनेका छन्, उनीहरु निष्पक्षता, प्रतिवद्धता र प्रेमको पक्षमा उभिएका छन्, अष्ट्रेलियाका जनताले दिएको जिम्वेवारी हामीले यसै वर्ष क्रिशमश अघि नै पूरा गर्नुपर्छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...