साइनो विनाका यी गाउँले, जोसँग कहिले राजनीतिक साइनो मिलेन

Sunil thapa 28

धनकुटा । धनकुटामा पनि अरु जिल्लामा जस्तै चुनावी सरगर्मी बढेको छ । चुनावको चटारोले राजनीतिककर्मीलाई भ्याइनभ्याई छ । घरदैलो पुग्न उनीहरु तीव्र गतिमा कसरत गरिरहेका छन् ।

धनकुटामा जसले जिते पनि एउटै गाउँले प्रतिनिधि सभामा पुग्ने छन् । तर, जिल्लामा यस्तो भीडन्त भइरहेको छ, एउटै गाउँले भए पनि यी दुई जनाबीच न गाउँलेको साइनो छ, न राजनीतिक नै । यसरी एउटै गाउँले भएर पनि विना साइनो राजनीतिक लडाइँ गर्नेमा पर्छन् सुनिलबहादुर थापा र राजेन्द्र राई ।

यी दुवै जिल्लामा बलिया प्रतिष्पर्धी हुन् । अहिले नै कसले बाजी मार्ला भनेर ठोकुवा गर्नु हतारो मात्र हुनेछ । किनभने नेपाली राजनीतिमा जे देखिन्छ, त्यो हुँदैन र जे देखिँदैन, त्यो हुन्छ ।

अहिले नै कसले बाजी मार्ला भनेर ठोकुवा गर्न नसकिए पनि धनकुटा थापाले पूरानो विरात जोगाउने अनुमान गरिएको छ । जिल्लामा निक्कै प्रभाव जमाएका छन् थापाले । बाबु सूर्यबहादुर थापाको छत्रछायाबाट राजनीतिक ज्ञान आर्जन गरेका थापा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै चिनिएका व्यक्ति हुन् । उनी पहिलो पटक सभासद बने लगत्तै मन्त्री बनेका व्यक्ति हुन् ।

उनले पहिलो पटक आपूर्ती मन्त्रालय सम्हालेपछि वर्षाैदेखि घाटामा गएको नेपाल आयल निगमलाई नाफामा ल्याउने र नेपालमै पहिलो पटक पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेर चर्चा कमाउन सफल भएका व्यक्ति हुन् । उनलाई नेपाली राजनीतिमा सूर्यबहादुर जस्तै चतुर राजनीतिज्ञ र कुटनीतिज्ञ भन्ने गरिन्छ । त्यही भएर योपटक थापाले नै बाजी मार्ने धेरैको आँकलन छ ।

जिल्लामा निक्कै प्रभाव जमाएका छन् थापाले । बाबु सूर्यबहादुर थापाको छत्र छायाँबाट राजनीतिक ज्ञान आर्जन गरेका थापा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै चिनिएका व्यक्ति हुन् । उनी पहिलो पटक ससभासद बनेलगत्तै मन्त्री बनेका व्यक्ति हुन् ।

कम छैनन् राई पनि
वाम गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार बनेका नेकपा एमालेका जिल्ला अध्यक्ष हुन् । गत स्थानीय निर्वाचनमा जिल्लालाई ‘राजनीतिक क्लीन स्वीप’ गरेका कारण उनलाई नेकपा एमालेका अध्यक्ष केपी ओली धनकुटा आएर उनलाई म्यान अफ दी म्यान घोषणा गर्दै आफ्नै गलाको माला लगाई दिएका थिए । उनले जिल्लामा राम्रै पकट भएको माओवादी केन्द्रलाई उम्मेदवारविहीन बनाए । त्यही आधारमा उनी योपटक १५ हजारको मतान्तरले विजयी हुने ठोकुवा गरिरहेका छन् ।

राजेन्द्र राई यस्ता व्यक्ति पनि हुन्, जसले पञ्चायती कालरात्रीको समयमा आफ्नै गाउँले अर्थात सूर्यबहादुर थापाविरुद्ध संघर्ष गरे । लामो समयसम्म वाम राजनीतिक गरेका राई दुई पटकसम्म एमालेको जिल्ला अध्यक्ष भए । त्यही आधारमा उनी अहिले सजिलै प्रतिनिधि सभामा पुग्न सक्छु भन्ने सोच्दैछन । तर, उनले भने जस्तो सजिलै चुनाव जित्न सक्ने अवस्था छैन ।

कहिले होला राजीतिक भेट ?
अहिले धनकुटाबाट प्रतिनिधि सभामा पुग्ने भनेकै सुनिलबहादुर थापा र राजेन्द्र राईमध्ये एक हो । दुबै जना एउटै गाउँका बासिन्दा हुन् । राई तत्कालीन मुगा गाविस वडा नं. ७ मा जन्मिएका हुन् भने थापा मुगा ४ मा । अहिले एउटै नगरपालिकामा पर्छ दुबैको घर ।

तर, यी दुवै जनाबीच न कहिले राम्रो सम्बन्ध बन्यो न बन्ने नै छ । अहिले त चुनावी प्रतिष्पर्धा भएका कारण राजेन्द्र राईले सुनिलबहादुर थापालाई ‘टुरिष्ट’ भनिरहेका छन् । राईको जवाफमा थापाले भने, ‘जब एउटै गाउँमा जन्मिएकालाई ‘टुरिष्ट’ भन्छन् भने उनको आँखामा दृष्टिभ्रम छ ।’

थापा र राजेन्द्रबीच अहिलेसम्म राजनीतिक साइनो जोडिएको छैन । अहिले गाउँलेको साइनो पनि मेटिन लागेको छ । दुई धु्रवमा राजनीतिक व्यक्ति हुन् राई र थापा । थापा गणतन्त्र आएपछि राजनीतिमा सक्रिय बनेका छन् भने राई पञ्चायती कालदेखि नै कम्युनिष्ट विचारका हुन् । थापा गणतन्त्र आएपछि दुईपटक मन्त्री भइसकेका छन् । राई अघिल्लो पटक थापासँग पराजित भएका थिए । अहिले फेरि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबाट दुवै जना चुनावी मैदानमा उत्रिएका छन् ।

दुवैले सजिलै जित्छौं भनिरहेका छन् । तर, दुवैको जित सहज छैन । अहिले नै कसले जित्ला भन्न हतारो पनि हुनसक्छ । स्थानीय तहको निर्वाचनमा क्लीन स्वीप गरेकै आधारमा राईले जित्छु भने पनि थापा चानचुने व्यक्ति होइनन्, जसलाई राईले सजिलै हराउन सक्छन् । थापा कुटनीतिक व्यक्तिको रुपमा चिनिन्छन् ।

राई थापाका लागि फलामे पर्खाल हुन् । उनले टोलसम्म संगठन बनाएका छन् । त्यसमा पनि माओवादी केन्द्रको साथ पाएका कारण राईले १५ हजार मतको अन्तरले विजयी हुने दावी गरिरहेका छन् । ‘मलाई कसैले हराउन सक्दैन’ उनले भने, ‘मेरो प्रतिष्पर्धा कसैसँग हुँदैन, म जित्ने उम्मेदवार हुँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...