किन भयो यसरी शेरधनमाथि बम प्रहार ?

Sherdhan rai

भोजपुर । भोजपुर प्रदेश सभाका उम्मेदवार शेरधन राईमाथि अज्ञान समुहले बम प्रहार गरेलगत्तै जिल्लामा सुरक्षा खतरा बढेको छ ।

राई चढेको गाडीमा बम प्रहार गर्ने समुह पहिचान नभए पपनि विप्लप नेतृत्वको नेकपा माओवादीले गरेको हुन सक्ने आशंक गरिएको छ । यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो ।

यो आक्रमणमा विप्लव निकट नेकपाका कार्यकर्ताको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ । यसैको आधारमा प्रहरीले राईमाथि आक्रमणको प्रयास गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

राई चढेको गाडीमा मंगलबार भोजपुरको सीमानामा रहेको पिखुवा खोला नजिकै गुम्बा नजिक बम हानिएपछि जिल्लामा त्रास फैलिएको छ । सो बम आक्रमणबाट राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) डिल्ली देवकोटाको हातमा चोट लागेको छ ।

कार्यक्रममा जादै गरेको अवस्थामा यसरी आक्रमणको प्रयास गरिनुलाई राईले गम्भीर रहेको बताएका छन् । उनले आफूमाथि सोझै ताकेर बम प्रहार भएको बताए ।

उनले त्रास फैलाएर निर्वाचन भाड्न सकिन्छ की भन्नेहरुले बम हानेको र यसबाट आफु कहिले विचलित नहुने बताए । उनले भने, ‘बम हानेर तर्साउन खोज्दैमा म तर्सिनेवाला छैन, म निडर भएर जनताको घरदैलोमा पुग्छु ।’ पूर्व सञ्चारमन्त्री समेत रहेका राई १ नं. प्रदेशको मुख्यमन्त्रीका प्रमुख दावेदार हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...