इरान–इराक भूकम्पः मृत्यु हुनेको संख्या ४०० नाघ्यो

 98732227 soldiers

कात्तिक । इराज र इराकको उत्तरी सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या चार सय नाघेको छ । सात हजार भन्दा बढी घाइते भएका छन् । यो भूकम्प विश्वमा सन् २०१७ मा गएको अहिलेसम्मकै सबैभन्दा विनाशाकारी बनेको छ । भूकम्पका कारण ज्यान गुमाउनेमा अधिकांश इरानको पश्चिमी क्षेत्रका छन् । इरानमा मात्रै कम्तिमा चार सय १३ जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । इराकमा कम्तिमा ९ जनाको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ ।
इरानमा भूकम्पका कारण ७० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । अहिले उद्धार तथा भत्किएका भवनमा पुरिएका मानिसको जीवितै उद्धारका लागि प्रयास भइरहेको छ । भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको थियो । आइतबार बेलुका इराकी शहर हलब्जा केन्द्रीत भएर भूकम्प गएको अमेरिकी भू वैज्ञानिक सर्वेक्षण यूएसजीएसले जनाएको छ । यसअघि सन् २००३ मा इरानमा गएको ६.६ रेक्टरको भूकम्पका कारण २६ हजार मानिसको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...