राष्ट्रपति भण्डारी अबुधावीमा

Presedent of nepal today

अबुधावी । राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यस मुलुकको औपचारिक भ्रमणमा सोमबार साँझ पुगेकिछिन् ।

उनलाई अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा मानव संसाधन तथा अमिरातीकरण मन्त्री नासेर थानी अलहमेलीले हार्दिक स्वागत गरेकाथिए ।

उनको स्वागतार्थ विमानस्थलमा युएईका लागि नेपालका कार्यबाहक राजदूत नेत्रबहादुर टण्डन तथा नेपाली दूतावासका अन्य अधिकारीहरू एवं युएईका शिष्टाचार अधिकारीहरुको पनि उपस्थिति थियो ।

यस भ्रमणमा राष्ट्रपति भण्डारीका साथ आपूर्ति मन्त्री जयन्त चन्द पनि छन ।

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण भइरहेको र आज राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीका साथ उहाँकी छोरी निशाकुसुम भण्डारी, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि हुन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...