राजेन्द्र लिङ्देन भन्छन्, ५० मत ल्याएर सिटौलालाई हराउँछु

Linden 27

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला झापामा मात्रै होइन, राष्ट्रिय राजनीतिमा निक्कै प्रभावशाली व्यक्तिका रुपमा चिनिन्छन् । तर, २१ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा राजेन्द्र लिङ्देनलाई पराजित गर्न निक्कै हम्मे पर्ने देखिएको छ ।

सिटौला जस्तै प्रभावशाली व्यत्तिकै कोटीमा पर्छन् राजेन्द्र लिङ्देन पनि । पहिले उनी आवद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेससँग गठबन्धन गर्ने बताएको थियो । तर, झापा –३ मा सिटौलाले नछाड्ने बताएपछि राप्रपाले झापामा वम गठबन्धनलाई सहयोग गर्ने र वाम गठबन्धनले राप्रपाका लिङ्देनलाई सहयोग गर्ने बताएपछि लोकतान्त्रिक गठबन्धनबाट बाहिरिएको थियो ।

अहिले वाम गठबन्धनको साथ पाएका राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले अहिले आफुले ५० हजार मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई हराउने ठोकुवा गरेका छन् । उनले जनताले विकासका एजेण्डालाई नै मतदान गर्ने भएकाले पनि आफुले ५० हजार मत ल्याउने ठोकुवा गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लवले झापामा गरेको कार्यक्रममा विगतमा चुनाव जित्दा सिटौलाले जनताको हित हुने गरी कुनै पनि काम गर्न नसकेको उनको आरोप छ । उनले अरुले २० वर्षमा गर्छु भनेको काम आफूले पाँच वर्षमा सम्पन्न गर्न सक्ने दाबी गरे । उनले जनताको चाहनाअनुसार काम गर्न नसके पाँच वर्षपछि राजनीतिबाट सन्यास लिने घोषणा गरे ।

आफूलाई वाम गठबन्धनको समर्थन रहेको दाबी गर्दै लिङ्देनले सिटौलाले गलत व्याख्या गरेर एमाले माओवादीको समर्थनको हल्ला फिँजाएको आरोप लगाए । लोकतान्त्रिक गठबन्धन गर्ने भनिए पनि सिटौलाले झापा क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएकोमा लिङ्देनले आपत्ति जनाए ।

प्रतिकृया दिनुहोस