तात्यो धनकुटामा लोकतान्त्रिक गठबन्धन

नेताहरु चुनावी भेला र कार्यकर्ता प्रशिक्षणमा व्यस्त

Dkt 27 news

धनकुटा । धनकुटा नगरपालिकाका आज लोकतान्त्रिक गठबन्धनको वृहत भेला सम्पन्न भएको छ ।

सो भेलामा उद्योग मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार सुनीलबहादुर थापाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरुको एकता अनिवार्य भइसकेको बताएका छन् ।

मन्त्री थापाले पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा र गिरिजाप्रसाद कोइरालाले पहिले नै मुलुकको रक्षाका लागि लोकतन्त्रवादी शक्ति मिल्न पटकपटक आग्रह गरे पनि त्यो विविध कारणले सम्भव नभए पनि अहिले मुलुकको आवश्यकताका कारण एक भएर हिड्ने अवस्था आएको बताए । उनले उहाँहरुले देखाएको मार्गमा हिड्न लोकतान्त्रिक शक्ति मिल्नुको अर्काे विकल्प नभएको बताए ।

सो भेलामा नेपाली कांग्रेसका पूर्व सभापति तथा धनकुटा प्रदेश नं. १ का प्रदेश सभाका उम्मेदवार मनोहरनारायण श्रेष्ठले जिल्लाको विकासका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक भएको बताए । उनले आफुले सभासद् हुँदा जिल्लाको विकासका लागि निष्पक्ष भएर काम गरेको र जिल्लाबासीको माया पाइरहेका कारण आफुले जित्ने बताए ।

उनले नेकपा एमालेले धनकुटामा लामो समयसम्म एमालेले धनकुटामा जित हासिल गर्दा पनि विकासमा कुनै चासो नदेखाएको उनले बताए । सहित पुत्रसमेत रहेका श्रेष्ठले सहिदहरुको उच्च सम्मानका लागि लोकतन्त्रवादीहरुको एकता अनिवार्य भएकाले धनकुटामा लोकतानित्रक शक्ति एक भएर निर्वाचनमा होमिएको बताए ।

सो भेलामा नेपाली कांग्रेसका धनकुटा अध्यक्ष अग्नीप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का केन्द्रिय सदस्य तथा समानुपातिक तर्फका उम्मेदवार कुमारबहादुर थापा, संघीय समाजवादी फोरम नेपालका जिल्ला सचिव नगेन्द्र देवान, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई लगायतले लोकतन्त्रको रक्षाका लागि धनकुटेली जनता एक हुन्पर्नेमा जोड दिए ।

सो कार्यक्रम नेपाली कांग्रेस धनकुटा नगर सभापति रोशन श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा निर्वाचनमा जित हात पार्न नगरमा रहेका कार्यकर्ता परिचालनका लागि नगरस्तरीय निर्वाचन परिचालन तथा प्रचार प्रसार गठन गरेको छ ।

प्रतिकृया दिनुहोस