पहिलो चरण चुनावका लागि मतदाता परिचयपत्र मंसिर ८ र ९ गते वितरण हुने

Dsc 1094

काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र बुझ्न बाँकी रहेका मतदाताको परिचयपत्र पहिलो चरणमा चुनाव हुने जिल्लामा मंसिर ८ र ९ तथा दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर १९ र २० गते वितरण गरिने भएको छ ।
निर्वाचन आयोगका अनुसार गएको भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका, ठाउँसारी र सच्याउन निवेदन दिएका मतदाताको परिचयपत्र उक्त मितिमा सम्बन्धित मतदान केन्द्रबाट उपलब्ध गराइनेछ ।
आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेकालाई पनि त्यहि मितिमा मतदाता परिचयपत्र वितरण गरिनेछ ।
स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताले त्यहि परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यहोरा निर्वाचन आयोगले सबैलाई सूचित गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...