राष्ट्रपति ट्रम्प भियतनाममा  

Donald trump

 

भियतनाम । आमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार भियतनामा पुगेका छन् ।

भियतनामको डनाङ्मा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयर फोर्स् बिमान अवतरण गरेको थियो । उनलाई सो विमानस्थलमा विशेष स्वागत गरिएको थियो ।

भियतनाममा आयोजना भएको एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन, एपिइसीको सम्मेलनमा सहभागिताका लागि उनी यहाँ आउएका हुन ।उनले सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि उनी एसिया भ्रमणका क्रममा चीनमा थिए ।

उनी शुक्रबारै चीनबाट भियतनाम पुगेका हुन । उनले चीनमा छँदा राष्ट्रपति चिनफिङसँग भेटवार्ता गरेका थिए । उनीहरु दुवै जना शुक्रबारै भियतनाम पुगेका हुन ।

सो सम्मेलनमा विश्वका नेताहरुले पनि सम्बोधन गर्नुहुने छ । चिनियाँ राष्ट्रपति सि चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतले पनि सो सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्राप्त समाचारमा जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...