संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान तीव्र

धनकुटा । धनकुटामा संयुक्त लोकतान्त्रिक गठबन्धनले आफ्नो चुनावी अभियान तीव्र बनाएको छ ।

यसै क्रममा आज धनकुटाको छरथर जोरपाटी गाउँपालिकाको जोरपाटीमा संयुक्त लाकतान्त्रि गठबन्धनमा आवद्ध तीन राजनीतिक दल आवद्ध नेता तथा कार्यकर्ताहरुको संयुक्त भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा धनकुटा प्रदेश नं. २ का लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अर्जुन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का केन्द्रिय प्रवक्ता राजेन्द्र गुरु, नेपाली कांग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का जिल्ला अध्यक्ष कुमारबहादुर थापा, नेपाली कांग्रेस महासमिति सदस्य आनन्द सन्तोषी राई, संघीय समाजवादी फोरम नेपालकी सचिवालय सदस्य पार्वती राई, संयुक्त लोकतान्त्रिक जिल्ला प्रवक्ता विजय सन्तोषी राई, संघीय समाजवादी फोरमका मनकला राई, नेपाली कांग्रेस धनकुटाका सदस्य घनेन्द्रराज श्रेष्ठ लगायतले भेलामा सहभागीहरुलाई मतदाता शिक्षा, लोकतान्त्रिक गठबन्धनको उदेश्य र निर्वाचन सम्बन्धी प्रशिक्षण दिएका थिए ।

प्रतिकृया दिनुहोस