कञ्चनपुरका बागी उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

कञ्चनपुर । वाम गठबन्धनबाट बागी उम्मेदवारी दिएका दुई उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवारलाई सघाउन उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।

गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका कर्णबहादुर चन्द र हीरासिंह विष्टले गठबन्धनका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बुधबार घोषणा गरेका हुन् ।

नेकपा (एमालें) का जिल्ला कमिटी सदस्य चन्दले क्षेत्र नं ३ को प्रदेश (ख) र विष्टले प्रतिनिधिसभा क्षेत्र नं ३ बाट बागी उम्मेदवारी दिएका थिए । गठबन्धनका नेताहरुले उम्मेदवारी फिर्ता गराउन शुरुदेखिनै पहल गरेका थिए ।

उम्मेदवारी फिर्ताको घोषणा गर्दै चन्दले प्रदेशसभामा आफ्नो उम्मेदवारी कायम नरहेको र आफ्नो उम्मेदवारीले देखिएको द्विविधाप्रति क्षमायाचना समेत गरेका छन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...