डोटीमा तात्न थाले राजनीतिक दलहरु

Doti 21

डोटी । डोटी जिल्लामा आगामी मंसिर २१ मा हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी बढेको छ ।

निर्वाचन नजिकिँएसँग वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आफ्ना चुनावी अभियानलाई तीव्र बनाएका छन् । उनीहरु अहिले जनतालाई फकाउँदै गाउँघर, टोलटोल र मेलोपातमा समेत पुग्न थालेका छन् ।

त्यसैगरी जिल्लामा जित्न सक्ने आँकलन गरिएको ‘बाम गठबन्धन’ मंगलबारदेखि चुनाबी अभियानमा होमिएको छ । १९ कात्तिकमा सम्पन्न वाम भेलापछि उनीहरु चुनावी अभियानमा तीव्र रुपमा लाग्न थालेका छन् ।

सो संयुक्त बैठकले २१ देखि २५ भित्र जिल्लाका सबै स्थानीय तहमा संयुक्त बैठक तथा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको बा गठबन्धनले अहिले आफ्ना चुनावी रणनीति पनि बदलेका छन् । त्यसका लागि मंगलबार पूर्वीचौकी र केआइसिंह गाउँपालिका स्तरीय संयुक्त बैठक तथा अगुवा कार्यकर्ता भेला गरे ।

स्थानीय तहमा नेकपा एमाले र माओवादी केन्द्रले प्राप्त गरेको मतका आधारमा जिल्लाका तीन वटै क्षेत्रमा जित्न सकिने विश्वासमा छन् वाम गठबन्धन । तर, नेपाली कांग्रेसले पनि जिल्लामा जित हात पार्न सकिन्छ भनेर निक्कै मेहेनत गरिरहेको छ ।

प्रतिकृया दिनुहोस