धौलागिरिमा चक्रीय फन्को मार्दै बाह्य पर्यटक

Myagdi padmarga

म्याग्दी, । विश्व प्रसिद्ध पदमार्ग चक्रीय धौलागिरिमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।

असोजमा एक सय १२ विदेशी पर्यटक धौलागिरि आधार क्षेत्रतर्फ गएका पौडेको भनाई छ । सदरमुकाम बेनीहँदै सिँगा तातोपानी, बाबियाचौर, दरवाङ, ताकम, मुदी तथा दरवाङ, बिम, खिवाङ, बगरहँदै धौलागिरि आधारशिविर जाने गरेका छन् ।

मुस्ताङको मार्फा, टुकुचे, बागलुङको ढोरपाटन, डोल्पा जाने गरेका प्रहरी नायब निरीक्षक पौडेलले बताए । इलाका प्रहरी कार्यालयले यात्रामा निस्किएका पर्यटकको नियमित जानकारी लिने र समस्यामा परेकाको उद्धारका लागि स्थानीय पर्यटन व्यवसायीसँग सहकार्य गर्ने गरेको छ ।

जनजातीको संस्कार र पदमार्गका साथै ग्रामीण जनजीवन, आदिवासी मगर, छन्त्याल जातीको रहनसहन, पक्षी, जंगली जनावर, तालतलैया, छहरा आदीको दृष्याअवलोकनका साथै धौलागिरि हिमाल आरोहण गर्न पाउनु पर्यटकका मुख्य आकर्षण हुन ।

पदयात्राको क्रममा विभिन्न बस्तीमा स्थानीयवासीको स्वागत तथा सहयोगले समेत पर्यटकलाई उत्साहित बनाउने गरेको छ । जोखिमपूर्ण मार्गमा स्थानीयवासीले यात्रामा सहयोग गर्ने गरेका छन् ।

पदमार्गलाई व्यवस्थित बनाउने योजना थालेको गाउँपालिकाका उपप्रमुख रेशम छन्त्यालले बताए । “पर्यटक आकर्षित गर्न पूर्वाधार चाहिन्छ,” उनले भने । पर्यटकका कारण स्थानीयवासीको आयआर्जनमा सहयोग पुगेको छ ।

धौलागिरि आधार क्षेत्रमा आउने पर्यटकको यात्रा १७ देखि २२ दिनसम्मको हुन्छ । पदयात्रामा आउनेमा अधिकांश जर्मनी, फ्रान्स र क्यानडाका नागरिक रहेका छन् । शरद र वसन्त ऋतुमा धौलागिरि हिमालको आरोहण गर्ने गरिएको छ ।

‘मायालु डाँडा’ जिल्लाकै आकर्षक पर्यटकीयस्थल बन्दै गएको छ । सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दुरीमा रहेको मायालु डाँडा लब्लीहिलमा हिजोआज आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ ।

मायालु डाँडालाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी गन्तव्यस्थलका रुपमा विकास गरिनुपर्ने जिल्लाका पर्यटन व्यवसायीले भनाइ छ । गत आवमा १२ लाखको लागतमा गोलघर, रेलिङ र बस्नका लागि बेन्चलगायत पूर्वाधारको निर्माण गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...