सिन्धुपाल्चोकमा घर बनाइदिनेलाई मत

Opop

जलविरे । बरु खाना मागेर पनि खाने थिएँ, चार पैसा छैन, भएको खेतीबाट जेनतेन छ महिना खान पुग्छ, बाँकी गाउँमै सामान्य काम गरेर खान्छु भन्नेहरुको एउटै आशा घर बनाईदिने रहेको छ ।

सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकका मतदातालाई विकासभन्दा पनि पहिला भत्केका घर बनाइदिने उम्मेदवारलाई जिताउने मनसाय छ । “जित्ने उम्मेदवारबाट ज्येष्ठ नागरिकलाई भत्ता बढाइदिने र रोगब्याधीको औषधि उपचार गर्नेलाई मत दिन्छु ” उनले भने ।

देवीडाँडाका मानबहादुर विक राम्रो उम्मेदवारले जितेमा गाउँमा विकास छाउने अभिलाषामा छन् । चुनावी सभालाई सम्बोधन गर्दै सूचना तथा सञ्चारमन्त्री बस्नेतले लोकतन्त्रको संरक्षण गरी विकासलाई तीव्रता दिन लोकतन्त्रवादी शक्तिलाई विजयी गराउन मतदातालाई आग्रह गरे ।

नेपाली काँग्रसका तर्फबाट उम्मेदवार बनेका मन्त्री बस्नेतले ठूला सपना बाँड्नुभन्दा पनि जनताका आधारभूत आवश्यकता, सडक, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी आदिको निर्माणलाई निश्चित समयभित्र सक्नेगरी योजना ल्याइने बताए ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा क्षेत्र नं १ बाट पूर्व सञ्चार मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा र क्षेत्र नं २ मा नेकपा एमालेका नेता शेरबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।

तीनवटा नगरपालिका र नौवटा गाउँपालिका रहेको सिन्धुपाल्चोकमा करिब सवा दुईलाख मतदाता रहेका छन् । यहाँको कूल जनसंख्या तीन लाखभन्दा बढी छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...