१० बर्षमा १२०० मेगावाटको बुढीगण्डकी जलबिधुत परियोजना आउँछ : ढकाल

Gorkha nfp

गोरखा । नेपाल परिवार दलले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अभियान प्रारम्भ गरेको छ । सो अभियानको दलका अध्यक्ष एकनाथ ढकालले मंगलबार गोरखाबाट शुभारम्भ गरे ।

सो अभियानको शुभारम्भ गर्दै अध्यक्ष ढकालले वाम प्रगतिशील गठबन्धनले निर्वाचनमा विजयी भए १० वर्षमा १२०० मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलबिधुत परियोजना सम्पन्न गर्ने बताए । उनले वाम गठबन्धनले स्पष्ट बहुमत ल्याउने र त्यसपछि मुलुकमा स्थायी शान्ति स्थापना आउने दावी पनि गरे ।

अध्यक्ष ढकालले चुनावी नारा राष्ट्रियताको संरक्षण, संविधानको कार्यान्वयन, शान्ति, लोकतन्त्र र समृद्धि, भ्रष्टाचार निवारण रसुशासन, असल परिवार र नैतिकवान समाज, पारिवारीक मूल्य–मान्यताको जगेर्ना, सामाजिक सदभाव र मेलमिलाप, युवा रोजगार तथापर्यटन प्रबद्धन रहेको उल्लेख गरेका छन् ।

उनले शिक्षा तथा स्वास्थ्यमा सबैको पहुँच, लगानी मैत्री वातावरण सिर्जना, वातावरणसंरक्षण, प्रतिव्यक्ति आय बृद्धि, बृहत्तर सामाजिक रूपान्तरण, नव–ग्रामीण अभियान, उत्तरी तथा दुर्गम क्षेत्रको विकास, पञ्चशीलकोसिद्धान्तमा आधारित राष्ट्रिय हीत अनुकूलको सन्तुलित परराष्ट्र नीति, स्वयम् सेवा, पर्यावरणीय सन्तुलन, भूमिहिनहरूको उत्थान, सामाजिकसुरक्षा, बिपद् व्यवस्थापन, सामाजिक न्याय, समाज कल्याण, राज्य संयन्त्रलाई सेवाग्राही मैत्री, पारदर्शी र सवल बनाउने उल्लेख गरेका छन् ।

उनले सरकारी निकायमाबढ्दो राजनीतिक हस्तक्षेपको अन्त्य गर्ने, वाम प्रगतिशील गठबन्धनको घोषणा–पत्रको कार्यान्वयन गर्ने, उत्पादनको विकास र रोजगारीकोसिर्जना, अन्तरधार्मिक एकता तथा मेलमिलाप लगायत हासिल गर्न सडक, संसद, वा सरकार जहाँ भयपनी निरन्तर क्रियाशील रहने बताए । ढकालले समानुपातिकमा सुर्य चिन्हमा र प्रत्यक्षमा वाम प्रगतिशील गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न पनि आग्रह गरे ।

उनले आफुले विनासकारी भूकम्पका बेला आफुले गोरखामा ८ कोठे पक्की विद्यालय बनाइदिएको स्मरण गरे । उनले आफु गफमा भन्दा काममा विश्वास राख्ने पनि बताए ।

 

प्रतिकृया दिनुहोस