प्यूठानमा जोगिएला त वाम किल्ला ?

Durga gobinda 20

प्यूठान । आगामी मंसिरमा हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचनको सरगर्मी बढ्दै गर्दा जिल्लामा कसले जित्ला भन्ने चर्चाले झन जिल्लालाई तताएको छ ।

८० प्रतिशत कम्युनिस्ट मतदाता रहेको जिल्लामा नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहकी श्रीमती दुर्गा पौडेल र नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राष्ट्रिय पुनर्निर्माण प्राधिकाणका पूर्व कार्यकारी निर्देशक डा. गोबिन्दराज पोख्रेल चुनावी मैदानमा छन् ।

निर्वाचन नजिकिँदै गर्दा चिया पसलदेखि मेलापातमा समेत पौडेल र पोख्रेलको चर्चा हुन्छ । सबै दलहरुका नेताहरुले पनि दुबै उम्मेदवारबारे नकारात्मक र सकारात्मक प्रचार गरिरहेका छन् । जनतालाई आफ्नो पक्षमा पार्न अनेक सपना पनि बाढिरहेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक भए पनि पोख्रेलले सक्रिय राजनीति नगरेका कारण उनले जित्ने अपेक्षा खासै गरिएको छैन । तथापि उनी प्रजातान्त्रिक पक्षधरहरुको मतका आधारमा जित्न सक्छन् भन्ने अनुमान गरिएको छ ।

जसले जे भने पनि उनलाई प्यूठानको लाल किल्ला भत्काएर जित हात पार्न त्यति सजिलो छैन । किनभने जिल्लामा मात्रै ८० प्रतिशत मतदाना वा विाचार अंगाल्छन् । जिल्लामा सबैलाई वाम विचार अंगाल्न प्रेरित गर्ने व्यक्ति पोख्रेलकै मुख्य प्रतिष्पर्धी मोहन विक्रम सिंहले गरेका हुन् । आज उनकै श्रीमति चुनावी मैदानमा होमिएकी छन् ।

जिल्लामा राम्रो आधार किल्ला भए पनि पौडेलको पार्टी राष्ट्रिय जनमोर्चाको हैसियत भनेको तेस्रो पोजिसनको हो । पहिलो नेकपा एमालेको हो र चौथो हैसियत भने माओवादी केन्द्रको छ । यी तीन पार्टीले स्थानीय तहको निर्वाचनमा ६४ हजार ३ सय ३५ पाएका थिए । तर नेपाली कांग्रेसले भने २३ हजार २ सय ८२ मत मात्रै पाएको छ ।

यस हिसावले हेर्ने हो भने डा. पाखेलका लागि वाम किल्ला भत्काउन त्यति सजिलो छैन । डा. पोख्रेलले वाम किल्ला भत्काउन तीन ठूला वाम शक्तिको सामना गर्नुपर्ने हुन्छ ।

राप्रपासहित मैदानमा उत्रिएको नेपाली कांग्रेसलाई कम्युनिस्ट गठबन्धनको लालकिल्ला भतकाउन ैपर्ने चुनौती खडा भएको छ भने राजमो सहितको एमाले माओवादी गठबन्धनलाई लामो समयदेखिको आफ्नो बिरासत जोगाउँदै आफैंले घोषणा गरेको कम्युनिस्ट जिल्लालाई सुरक्षित गर्नुपर्ने चुनौती छ ।

त्यसैले यहाँको चुनाव यतिबेला रोचक मोडमा छ । राजनीतिक रुपमा यहाँ कांग्रेस प्रतिरक्षात्मक देखिएको छ । र, बाम गठबन्धन शालिन आक्रामक बन्नुपर्ने अवस्थामा छ । कांग्रेसका लागि स्थानीय चुनावको नतिजाको आधारमै जित्ने विश्वासमा रहेका वामशक्तिसँग जुध्न ठूलो तयारी गर्नुपर्ने अवस्था छ ।

सरकारी लाभको पद छोडेर आएका डा. पोख्रेलका लागि इतिहास बदल्न भने सजिलो छैन । त्यसो त कांग्रेस उम्मेद्वार डा. पोख्रेलको व्याक्तिगत प्रभावलाई कांग्रेसले आफ्नो जनमतको बलियो आधार बनाएको छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा पोख्रेलले प्यूठानको विकासमा नेतृत्व लिएको भन्दै त्यसको सकारात्मक प्रभाव पर्ने कांग्रेसको दावी छ ।

उता वाम गठबन्धनले भने लामो प्रयासपश्चात सबै वाम एक ठाउँमा उभिएपछि आफुहरु अझैं बलियो भएको भन्दै यसैलाई चुनाव जित्ने कडीका रुपमा लिएका छन् ।

जिल्लामा २०१० मा सिंहले कम्युनिस्ट पार्टी स्थापना गरेपछि हालसम्म जिल्लाको अधिकांश मत वामपन्थीकै पक्षमा देखिएको छ । २०१५ को संसदीय निर्वाचनमा सिंह थोरै मतले पराजित भए । २०४८ मा मसालले निर्वाचन बहिष्कार गरेपछि दुवै क्षेत्र कांग्रेसले जितेको थियो । २०५१ मा क्षेत्र नं. १ कांग्रेस र २ मा मसालले जितेका थिए । २०५६ मा एमालेसँग तालमेलमा दुवै क्षेत्र राष्ट्रिय जनमोर्चाले जितेको थियो ।

अहिले पनि जिल्लामा राष्ट्रिय जनमोर्चाको राम्रो प्रभाव छ । त्यसमा पनि सबै वाम शक्ति एकै ठाउँमा भएकाले वाम किल्ला जोगाउन सकिन्छ भन्ने विश्वासमा छन् दुर्गा पौडेल । अहिले वामशक्ति लोकतान्त्रिक शक्तिभन्दा ४१ हजार ५३ मतले अघि छन् । त्यसैका आधारमा वाम किल्ला जोगाउँछौ भन्ने वामशक्तिलाई लागेको भए पनि डा. पोख्रेल कमजोर उम्मेदवार होइनन् । यसले वाम किल्ला जोगाउन निक्कै हम्मे पर्नसक्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...