भियतनाममा आएको आँधीमा परेर २७ को मृत्यु

Vietnam huricane

भियतनाम । दक्षिणी र मध्य भियतनामलाई तहसनहस पारेको आँधी डाम्रेका कारण कम्तीमा २७ जनाको ज्यान गएको छ। २० जनाभन्दा बढी हराइहेका छन् ।

भियतनाममा शनिबार प्रवेश गरेको डाम्रे आँधीको गति ९० किलोमिटर प्रति घण्टा छ। ४० हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।

कैयौं मानिसको उद्धार गरिएको बताइएको छ । आँधी प्रभावित क्षेत्रबाट विदेशी पर्यटकहरुसहित ३० हजारभन्दा बढी मानिसको उद्धार गरिएको बताइएको छ ।

यो साताको उतरार्द्धतिर हुने एसिया प्रशान्त आर्थिक सहकार्यसम्बन्धी संगठन एपेकको शिखर सम्मेलन हुन लागेको तटीय शहरभन्दा ५ सय किलोमिटर टाढा रहेको क्षेत्र सबैभन्दा बढी प्रभावित स्थान हो ।

भियतनाममा बर्सेनि भीषण आँधी आउने गर्छ जसका कारण उत्पन्न बाढीबाट कैयौं मानिसले ज्यान गुमाउने गर्छन् ।सामान्यतया उत्तरी भेगमा आउने आँधीले यसपटक दशकौंपछि दक्षिणी भेगमा व्यापक क्षति निम्त्याएको मौसमविद्हरुले बताएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...