वाम किल्ला भत्काउन सहज छैन डा. पोख्रेललाई

Pyuthn news 18

प्यूठान । सम्पन्न स्थानीयतहमा प्यूठानमा वाम गठबन्धनको ६४ हजार ३ सय ३५ र कांग्रेसको २३ हजार २ सय ८२ मत छ । स्थानीय तहमा वाम गठबन्धनले पाएको मतलाई आधार मान्ने हो भने लोकतान्त्रिक गठबन्धन वाम गठबन्धनभन्दा ४१ हजार ५३ मतले पछि छ ।

सबै तहको जोड्दा एमालेले २७ हजार ८ सय ३७, राष्ट्रिय जनमोर्चाले १८ हजार ५ सय ८९ र माओवादी केन्द्रले १७ हजार ८ सय ७९ मत ल्याएका थिए । यहाँ नेपाली कांग्रेसले २३ हजार २ सय ८२ मत छ । प्यूठान जिल्लामा जिल्लामा १ लाख ३८ हजार ६ सय ४१ मतदाता छन् ।

यसलाई आधर मान्ने हो भने वितासिताको जागिर छाडेर राजनीतिमा होमिएका डा. गोविन्दराज पोख्रेलले वाम किल्ला भत्काउने त्यति सहज छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका पोख्रेलले निर्वाचन जित्न सक्लान भनेर नेपाली कांग्रेसले चुनावी मैदानमा उतारेको छ ।

४१ हजार ५३ को मतान्तर कम गर्न सानो तयारीले नपुग्ने उनले राम्ररी बुझेका छन् । त्यही भएर पोख्रेल उम्मदेवारी दर्ताको भोलिपल्टैदेखि घरदैलोमा लागिसकेका छन् ।

वाम पृष्ठभुमी बलियो
प्यूठान जिल्लालाई वामपन्थीको उर्वर भूमिका रूपमा चिनिने गरिन्छ । यहाँ ८० प्रतिशत मतदाता कम्युनिस्ट छन् । त्यही भएर पुराना कम्युनिस्ट नेता तथा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती दुर्गा पौडेल वाम गठबन्धनबाट उम्मेदवार बनेकी छन् ।

जिल्लामा २०१० मा सिंहले कम्युनिस्ट पार्टी स्थापना गरेपछि हालसम्म जिल्लाको अधिकांश मत वामपन्थीकै पक्षमा देखिएको छ । २०१५ को संसदीय निर्वाचनमा सिंह थोरै मतले पराजित भए । २०४८ मा मसालले निर्वाचन बहिष्कार गरेपछि दुवै क्षेत्र कांग्रेसले जितेको थियो । २०५१ मा क्षेत्र नं. १ कांग्रेस र २ मा मसालले जितेका थिए । २०५६ मा एमालेसँग तालमेलमा दुवै क्षेत्र राष्ट्रिय जनमोर्चाले जितेको थियो ।

२०६४ मा माओवादी र २०७० मा एमालेले दुवै क्षेत्र जितेका थिए । २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ मा वामपन्थी दलहरुको पक्षमा २९ हजार ७ सय ३१ र क्षेत्र नं. २ मा ३१ हजार ६ सय मत परेको थियो । तर, त्यो बेला नेपाली कांग्रेसको पक्षमा क्षेत्र नं. १ मा ५ हजार १ सय १५ र क्षेत्र नं २ मा ७ हजार ३ सय ६५ मत मात्रै थियो ।

यस्तो अवस्थामा पोख्रेललाई वाम किल्ला भत्काउन सहज छैन । तथापि उनले मतदाता अस्थिर रहिरहेको हुँदा आफुले सहजरुपमा जित्ने दावी गर्छन् । ‘जनताले स्वतन्त्र रुपमा मत हाल्न पाउने भएकाले यो पटक मलाई जनताले भोट दिन्छन्’ पोख्रेलले भने, ‘जित्न सहज नभए पनि त्यस्तो पूरै असहज पनि छैन ।’

वामपन्थीको उर्वर भूमि कसैले भत्काउन नसक्ने वाम गठबन्धनकी उम्मेदवार पौडेलको दाबी छ । ‘जिल्लामा पहिलोपटक सबै कम्युनिस्ट एक हुने पहिलो अवसर जुटेको छ । यसले वामपन्थी किल्ला झन् मजबुत बनाएको छ’ उनले निशान न्युज डटकमसँग भनिन्, ‘वाम किल्ला भत्काउन कांग्रेसलाई त्यति सजिलो छैन र भत्काउन सक्दैन पनि ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...