जन्मभूमिको मायाले सप्तरीबाट उम्मेदवारीः अध्यक्ष यादव

Upendra yadap ojc5pwfpry

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी पछाडि परेकाले यहाँको विकास गर्न आफू यस जिल्लाबाट चुनाव लडेको बताएका छन ।

सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका यादवले राजविराजमा बुद्धिजीवीसँगको छलफलमा आफ्नो जन्मभूमिको माया र सप्तरीबासीको चाहनाले आफूलाई यहाँ तानेर ल्याएको बताए ।

अध्यक्ष यादवले २ नं प्रदेशलाई नै शक्तिशाली र समृद्ध बनाउनु जरुरी छ भने । उनले अहिले २ नं प्रदेश प्राकृतिक स्रोत, साधनबाट वञ्चित गराइएकाले यसलाई समृद्ध र शक्तिशाली बनाएर अन्य ठाउँलाई पनि यसमा ल्याउन संघर्ष गर्न जरुरी रहेको बताए ।

प्रादेशिक सीमाङ्कनमा राज्यले ठूलो बेइमानी गरेको उल्लेख गर्दै उनले संविधान संशोधनका लागि निर्वाचनपछि संघर्ष गरिने बताए ।

संघीय प्रणाली, समानुपातिक प्रणाली, राष्ट्रिय पहिचान, संघीय गणतन्त्र तथा धर्म निरपेक्षताको मुद्दा मधेश आन्दोलनको उपलब्धि भएको र यसलाई समाप्त पार्न धेरै प्रयास भइरहेको भन्दै संघीयतालाई जोगाउन आफू हमेसा प्रयासरत रहेको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...