हट्यो पौडेलको गल्पासो, पौडेललाई भयो मैदान खुल्ला

Paudel jpshi

काठमाडौं । केही दिनदेखि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल एकदम तनावमा थिए । मुखैमा आएको गाँस खोसिएला की भन्ने चिन्ताले उनको निद हराम भएको थियो । त्यसरी निद हराम बनाउने व्यक्ति थिए नेपाली कांग्रेसकै अर्का प्रभावशाली नेता गोविन्दराज जोशी ।

खासगरी मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका साझा उम्ेदवार बनेको थिए पौडेल । तर, पौडेलविरुद्ध गोविन्दराज जोशीले बागी उम्मेदवारी हालेपछि पौडेलका लागि टाउँको दुखाईको विषय बनेको थियो । त्यही भएर रामचन्द्र पौडेलले निवाचन आयोगमा जोशी भ्रष्टचारी भएको भन्दै उजुरी हाल्न बाध्य भएका थिए ।

जोशीविरुद्ध पौडेलले हालेको उजुरीलाई निर्वाचन आयोगले सदर गरिदिएको छ । योसँगै जोशीको उम्मेवारी खारेज पनि भएको छ । योसँगै पौडेल लोकतान्त्रिक गठबन्धनका एक्ला उम्मेदवार बनेका छन् ।

जोशीको उम्मेद्वारी खारेज भएपछि पौडेललाई चुनावी मैदानमा जान सजिलो भएको छ । अर्थात् जोशी पनि उम्मेदवारी भएको भए पौडेलका लागि जित्न विना अक्सिजन सगरमाथा चढ्नुसरह हुने थियो । तथापि जोशीको पकड राम्रै भएकाले यसै भन्न सकिने अवस्था चाँही छैन ।

नेपाली कांग्रेसले पूर्वगृहमन्त्री समेत रहेका जोशीलाई टिकट नदिएपछि प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । यदी जोशीलाई कांग्रेसले टिकट दिएको भए वामशक्तिको लागि जित्न बाँदरलाई लिस्नो लगाएझै हुने अवस्था थियो । अहिलो जोशी चुनावी मैदानबाट बाहिरिए पनि पौडेलका लागि भने जित सहज नहुन सक्छ । किनभने तनहुँमा वामपन्थी एकता बलियो छ ।

प्रतिकृया दिनुहोस