अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण महत्वपूर्ण

President trump

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्को हप्ता हुन लागेको चीन भ्रमण महत्वपूर्ण हुने चिनियाँ अधिकारीहरुको भनाई छ ।
उनीहरुले अहिलेको अवस्थामा हुने चीन भ्रमणले विश्वव्यापी रुपमा विकसित आर्थिक एजेण्डाहरुका साथै राजनीतिक विषयहरुमा पनि विशेष अर्थ राख्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्प आगामी हप्ता चीन भ्रमणका लागि आउनुहुने भएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उनी चीन भ्रमणमा आउन लागेको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्प यही नोभेम्बर ८ देखि १० सम्म तीन दिन चीनको राजकीय भ्रमणका लागि बेइजिङ पुग्नुुहुने भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको हो ।

शुक्रबार साँझ बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीनका उपविदेशमन्त्री चेङ चेजुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण आफैमा महत्वपूर्ण भएको बताउदै उनीहरुबीच हुने द्धिपक्षीय वार्ताले चीन अमेरिका सम्बन्धमा विशेष महत्व थप्ने जानकारी दिए ।

सो पत्रकार सम्मेलनका क्रममा उनले भने, यो भ्रमणले दुई देशबीचको अगामी दिनको सम्बन्धलाई थप सुदृढ बनाउने र क्षेत्रीय एवम् कैयौँ विश्व मामिलाहरुमा साझा धारणाणाको विकास गर्नका लागि मद्दत पुग्ने पनि बताए ।

गत बिहीबार पनि सो भ्रमणका विषयमा चिनियाँ विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ सो भ्रमणका क्रममा चीन र अमेरिकाका राज्य प्रमुखहरुले द्विपक्षीय सम्बन्ध सुदृढिकरणका साथै विभिन्न क्षेत्रीय र विश्वव्यापी मुद्धाहरुमा पनि आवश्यक छलफल र साझा धारणा निर्माण गर्र्नेअपेक्षा गरिएको छ ।

उपविदेशमन्त्री चेङले अमेरिकी राष्ट्रपति ट्रम्पको चीनको भ्रमणलाई सफल र भव्य बनाउन चीनले विशेष किसिमले काम गरिरहेको जानकारी पनि सो प्रेस सम्मेलनका अवसरमा दिए ।

उक्त भ्रमणमा औपचारिक कार्यक्रम र वार्ताहरुका अतिरिक्त विभिन्न अनौपचारिक अन्तरक्रिया र अवलोकन एवम् भ्रमणका कार्यक्रमहरु पनि राखिएको समाचारमा जनाइएको छ ।

द्धिपक्षीय लगानी र व्यापारका विषयमा सो भ्रमणका अवसरमा आवश्यक मात्रामा छलफल हुनेछ । सो भ्रमणका क्रममा व्यापार अभिबृद्धिगरी यसको सन्तुलन कायम राख्ने तथा लगानीका नयाँ नयाँ क्षेत्रहरुको पहिचान र कार्यान्वयनका बारेमा पनि छलफल हुने जानकारी दिए ।

कोरियाली प्रायद्धीपमा शान्ति स्थापनाका लागि चीनले राष्ट्रसंघीय कानून र मान्यताबमोजिम काम गरिरहेको जानकारी दिँदै यदि यस विषयमा सो भ्रमणका क्रममा कुरा उठ्यो भने आगामी दिनमा वार्ता र शान्तिपूर्ण रुपबाटै यसको समाधान गर्नुपर्छ भन्ने पक्षमा चीन रहेको पनि उपविदेशमन्त्री चेङले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...