माओवादीले दियो ल्ह्यारक्याललाई ३ पटक सांसद बन्ने अवसर

Laharcal lama 17

काठमाडौं । पछिल्लो नेपाली राजनीति त्यागभन्दा पनि पैसामा बिक्न थालेको छ । त्यही भएर पनि त्यागी नेता तथा कार्यकर्ताभन्दा पनि पैसावाला नेताले सधैं अवसर पाउने गरेका छन् ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि त्यागी भन्दा पनि पावरवालाहरुकै मनोमानी चलेको छ । त्यही कोटीमा पर्छन् ल्ह्यारक्याल लामा ।

उनी पहिलो संविधानसभामा नेकपा एमालेबाट समानुपातिबाट सांसद बनेका लामा दोस्रो संविधानसभामा माओवादीवादीबाट समानुपातिकबाट सांसद बनेका थिए । त्यसबला उनले निक्कै ठूलो धनराशी खर्च गरेको चर्चा चलेको थियो ।

त्यसपछि उनी दोस्रो संविधान सभामा भने एकीकृत माओवादीबाट सांसद बने । त्यसबेला माओवादीभित्र पैसाको बलमा ल्ह्यारक्याल लामालाई सांसद बनाएको भन्दै खैलाबैला नै मच्चिएको थियो । तर, पैसाले गर्दा त्यो खैलाबैलामै सीमित बनेको थियो ।

त्यसका अलावा उनी दोहोरो नागरिकता लिएको काण्डमा पनि मुछिएका छन् । जुनबेला उनी अर्थ राज्यमन्त्री थिए । दोहोरो नागरिकता लिएको प्रमाणित भएपछि उनले अर्थ राज्यमन्त्रीबाटै राजीनामा दिनुपरेको थियो ।

अलिहे फेरि माओवादीले ल्ह्यारक्याल लामालाई समानुपातिक कोटामा पारेको छ । माओवादीले बुझाएको समानुपातिक सुचीमा उनको नाम ५६ औं नम्बरमा छ ।

प्रतिकृया दिनुहोस