पुत्रमोहले कांग्रेसमा भाडभैलो

Sitaevi yadab

सिरहा । नातावाद नेपाली राजनीतिमा कुनै नौलो होइन । त्यसमा पनि नेताहरुले आफ्ना छोराछोरीलाई घुमाउरो पाराले सत्तामा पुग्ने ढोका खोल्ने गरेका छन् ।

पछिल्लो समयमा नेपाली कांग्रेसभित्र नतावाद र क्रिपावाद फैलिएको भन्दै युवा पुस्तामा आक्रोस बढेको छ । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव र केन्द्रीय सदस्य पदमनारायण चौधरीले आफ्नै छोरालाई प्रदेशसभाका लागि उम्मेदवार बनाएपछि सिरहा कांग्रेसमा भाडभैलो मच्चिएको छ ।

पूर्व शान्तिमन्त्री समेत भइसकेकी कोषाध्यक्ष यादवले छोरा डा. सुभाषचन्द्र यादवलाई सिरहा निर्वाचन क्षेत्र नं. (ख) बाट प्रदेशसभाका लागि उम्मेदवार बनाएपछि नेताहरुमा ‘पुत्रमोह’ देखाएको भन्दै नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका छन् ।

कोषाध्यक्ष यादवले मात्रै होइन, केन्द्रीय सदस्य चौधरी आफ्ना छोरा सन्तोष चौधरीलाई पनि प्रदेशसभाको उम्मेदवार बनाएका छन् । चौधरी आफुँ चाहिँ समानुपातिकउम्मेदवार बनेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य चौधरीले आफ्ना छोरा सन्तोष चौधरीलाई सिरहा निर्वाचन क्षेत्र नं. १ को (क) बाट प्रदेशसभाका लागि उम्मेदवार बनाएका छन् । यहाँ महेश चौधरी उम्मेदवार बन्नेचर्चा चलेको थियो । तर, अन्तिम समयमा आएर सन्तोषलाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक भएको थियो । उनीहरुले देखाएको ‘पुत्रमोह’ले कांग्रेसको जनमत घट्ने कांग्रेसकै नेताहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस