दक्षिण कोरियाले आणविक अश्त्र बनाउदैन : राष्ट्रपति मुन

Moon soth korea president

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कहिल्यै पनि आणविक अश्त्र नबनाउने बताइएको छ ।

दक्षिण कोरियाली संसदलाई बुधबार सम्बोधन गर्दै उनले भने, दक्षिण कोरियाले अरु कुनै देशसँग आणविक हतियारको होड गर्नेछैन र यस्तो अश्त्र पनि बनाउने छैन ।

उनले दक्षिण कोरियाली सरकारको अहिलेको उद्देश्य र सिद्धान्त भनेको निशस्त्रीकरण रहेकोले यसका माध्यमबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापना हुने अपेक्षा गरिएको पनि सो सम्बोधनका क्रममा बताएका थिए ।

उनले आफ्नो सरकारले विशेषगरी कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको कार्यलाई पहिलो प्राथमिकतामा राखेको भन्दै यसका माध्यमबाट समग्र एसिया तथा क्षेत्रीय रुपमा शान्तिका लागि सहयोग पुग्ने धारणा पनि राखे ।

यस क्षेत्रमा स्थायित्व र शान्तिको आवश्यकता छ भन्ने कुरामा आफ्नो सरकार प्रतिबद्ध रहेको र यसका लागि दक्षिण कोरियाले ठूलो प्रयत्न गरिरहेको धारणा पनि सो सम्बोधनका क्रममा राखेका थिए ।

बुधबार उनले गरेका यो सम्बोधन उनी राष्ट्रपति भएपछिको दोस्रो सम्बोधन हो । उनले आफ्नो यस सम्बोधनका क्रममा निशस्त्रीकरणलाई नै बढी मात्रामा जोड दिएका थियो ।

उनले सो सम्बोधनको प्रमुख अंश शान्ति स्थापनालाई बनाएको र उत्तर कोरियालाई शान्तिप्रति इमान्दार बन्न आग्रह गरेका थियो । त्यस क्रममा उनले उत्तर कोरियाले बारम्बार आणविक होड देखाएर ठूलो गल्ती गरेको पनि बताएकाथिए ।

उनले उत्तर कोरियाको समस्या पनि शान्तिपूर्ण रुपमा समाधान गर्नुपर्नेमा जोड दिए । हाल उत्तर कोरियाका विरुद्धमा लगाइएको नाकाबन्दी भनेको उसलाई शान्तिपूर्ण रुपमा समाधानका लागि वार्तामा आउन दिइएको अवसर हो भने ।

यसरी हतियारको मात्र प्रदर्शनले ध्वंस बाहेक अरु केही नहुने भएकाले आगामी दिनमा उसले पनि शान्तिका लागि प्रयत्न गर्नुपर्ने उसँग कुनै समस्या छ भने पनि शान्तिवार्ताको माध्यमबाटै खोज्नुपर्नेमा जोड दिएको समाचारमा जनाइएको छ ।

उता उत्तर कोरियाले भने बारम्बार आणविक हतियारको परीक्षण गर्दै आएको छ । उत्तर कोरियाले गएको अगष्ट महिनामा पनि पछिल्लो पटक शक्तिशाली आणविक परीक्षण पनि गरेको छ ।

सो आणविक परीक्षणको विश्वव्यापी रुपमा नै वरोध पनि भइआएको छ । उक्त परीक्षणका कारण दक्षिण कोरिया, जापान र अमेरिकालाई अरु देशको तुलनामा बढी मात्रामा तनाव गराएको बताइन्छ ।

सोही कारण पनि दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनामा जोड दिँदै आएको छ । कोरियाले उत्तर कोरियालाई यसअघि पनि बारम्बार शान्तिवार्तामा जोड दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस