फुटपाथ र साइकल लेनमा ट्रक जोताउँला ८ को मृत्यु

Nn 15

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा एकजनाले फुटपाथ र साइकल लेनमा जानाजान ट्रक जोताउँदा कम्तीमा आठ जनाको ज्यान गएको छ ।

घटनामा कम्तीमा १२ जना घाइते भएको अधिकारीहरुले बताएका छन् । लोअर म्यानह्याटनमा ती व्यक्तिले फुटपाथ र साइकल लेनमा पिक–अप ट्रक जोताएपछि एउटा स्कूल बससँग ठोक्काएको प्रहरीले जनाएको छ ।

त्यसपछि २९ वर्षीय ती आक्रमणकारीले दुईवटा बन्दुक राखिएको आफ्नो ट्रक छाडेका थिए। लगत्तै प्रहरीले उनलाई गोली हानी नियन्त्रणमा लिएको विवरणहरुमा जनाइएको छ ।

घटनालाई न्यूयोर्कका मेयर बिल डे ब्लाजिओले शहरको मुटुमा निर्दोष नागरिकलाई निशाना बनाउने उद्देश्यले गरिएको कायरतापूर्ण आतंककारी कार्यको संज्ञा दिएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै ‘आतंकवादी आक्रमण’ का पीडित र उनीहरुको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘ईश्वर र तपाईँहरुको देश तपाईँहरुसँगै छन् ।’ प्रहरीले ठूलो आतंकवादी षड्यन्त्र अन्तर्गत आक्रमण गराइएको भन्ने दिशामा हालसम्म कुनै प्रमाण फेला नपरेको जनाएको छ ।

न्यूयोर्कमा सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलापछि आतंकवादसँग सम्बन्धित घटनामा मान्छेहरुले ज्यान गुमाएको यो पहिलो पटक हो । प्रहरी स्रोतका अनुसार आक्रमणकारी सेफुलो साइपभ भएको पहिचान गरिएको छ र सन् २०१० मा उनी उज्बेकिस्तानबाट अमेरिका पुगेको ठानिएको छ ।

न्यूयोर्कका प्रहरी कमिसनरले घाइतेहरुलाई गम्भीर चोटपटक लागेपनि ज्यानै लिने खालको चोट नभएको बताएका छन् । एकजना प्रत्यक्षदर्शीले एउटा स्थानीय टेलिभिजनलाई भने, ‘प्रहरीले ट्रक चालकलाई गोली हानेपछि सबैजना भाग्न थाले र स्थिति अलि असहज भयो। एकछिन रोकिएर मैले हेर्दा ट्रक चालक ढलिसकेका थिए ।’

अर्का प्रत्यक्षदर्शीले ९/१० राउण्ड गोली चलेको आवाज आफूले सुनेको विविसीले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...