रोहिङ्गा शरणार्थी चढेको डुङ्गा दुर्घटना, ४ मृत्यु

Dunga du

बङ्गलादेश । अत्याधिक धेरै यात्रु चढेको डुङ्गा दुर्घटना हुँदा बङ्गलादेशमा मङ्गलबार कम्तीमा चारको मृत्यु भएको छ ।

म्यानमारबाट भागेर शरणार्थी हुन पुगेका शरणार्थीहरु चडेको डुङ्गा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

खराब मौसमका कारण शाम्लापुर गाँउनजिकै डुङ्गा दुर्घटनामा परेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

शाम्लापुर गाँउ म्यानमारमा भएको हिंसाका कारण भागेर आएका हजारौ रोहिङ्गा शरणार्थीहरु बसोबास गर्दै आईरहेको गाँउ हो ।

गत अगस्तदेखि म्यानमारबाट लाखौ शरणार्थीहरु डुङ्गा चढेर बङ्गलादेशमा शरणार्थी हुन आईपुगेका छन् ।

‘सानो डुङ्गामा ३३ जना चढेका थिए, खराव मौसम र समुद्रको उच्च तरङ्गका कारण दुर्घटना भएको हो,’ एक जना स्थानीय प्रहरी प्रमुख अबुल खैरले एएफपीसँग भने ।

उनले दुर्घटना भएलगत्तै उद्धार गर्न जाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको र अरु ६ जनालाई उद्धार गरेर नजिकैको अस्पतालमा गम्भीर अवस्थामा लगिएकोमा थप तीन जनाको मृत्यु भएको बताए ।

उहाँका अनुसार पिडितहरु सवै जना म्यानमारको बुथिडाउङ जिल्लाबाट भागेर आएका रोहिङ्गा शरणार्थीहरु हुन् ।

म्यानमारको राखिने राज्यबाट भाग्नेहरुको सङ्ख्या गत अगस्त २५ देखि अहिलेसम्म ६ लाख पुगेको छ ।

उनीहरु मध्ये अधिकांश स्थलमार्ग हुदै छिमेकीदेखि बङ्गलादेश आएका छन् भने उनीहरु बसेको शिविरहरुमा हिंसाका कारण विरामी र घाइतेहरु धेरै रहेका छन् ।

गत अगस्तदेखि अहिले सम्म समून्द्रि मार्गमा २ सय भन्दा बढी डुङ्गा दुर्घटना भएको छ ।

संयुक्त राष्ट्रसंघले म्यानमारको राखिन राज्यमा हिंसा सुरुभए यता गत अगस्तदेखि अहिलेसम्म छ लाख पाँच हजार रोहिङ्गा शरणार्थीहरु बङ्गलादेश आईपुगेका बताएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...