पर्यटन नगरी, समृद्ध ‘गोदावरी’

Godawari lalitpur

ललितपुर । काठमाडौँबाट १५ किलोमिटर दक्षिणी भेगमा अवस्थित गोदावरी नगरपालिकालाई आगामी ५ वर्षभित्र ‘पर्यटन नगरी, समृद्ध गोदावरी’को रुपमा विकसित गरिने भएको छ ।

भौगोलिकरुपले नगरका ८, ९, १२, १३ र १४ नं वडा काठमाडौँ, महानगरपालिकासँग तथा वडा नं १ र २ महालक्ष्मी नगरपालिकाको सिमानासँग जोडिएका छन् । यसैगरी वडा नं ५, ६ र ७ वाग्मती र कोञ्ज्योसोम गाउँपालिकाको सिमानासँग गाँसिएका छन् ।

अँग्रेजी अक्षरको सी आकारमा रहेको यस नगरपालिकालाई साँच्चिकै समृद्ध बनाउन नगरका पदाधिकारी, वडाध्यक्ष, समाजसेवी, वुद्धिजीवी, नागरिक समाज, शिक्षाप्रेमीलगायत लागिपरेका छन् । समृद्ध नगर निर्माणमा सर्वप्रथम यहाँका विभिन्न ठाउँलाई पर्यटनमैत्री क्षेत्र बनाउनु कदम चालिने छ ।

पर्यटन नगरी निर्माणमा यहाँका स्रोत साधनलाई सदुपयोग गरिने लक्ष्य रहेको नगरप्रमुख गजेन्द्र महर्जनले बताए । नगरभित्र पर्यटकीय क्षेत्रको रुपमा विभिन्न स्थान विस्तार गरिने योजना बनाइएको छ ।

‘गोदावरी क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न मजबुत व्यवस्थापन गरिने छ,’ उनले भने। पर्यटकीय क्षेत्र विकासका लागि वडा नं ३ मा अवस्थित गोदावरीे, २ मा रहेको विशंखुनारायणको कोटडांडा, ७ मा रहेको सुन्तलीडांडा, १० को भांगावन, ५ को मनकामना मन्दिर, १३ को सन्तानेश्वर, १० को बज्रबाराही मन्दिर तथा ६ नं वडामा पर्ने टीकाभैरव मन्दिरलगायतका क्षेत्रमा गुरुयोजना लागू गरिने नगरप्रमुख महर्जन बताउछन् ।

‘पर्यटकीय नगर बनाउन गोदावरी नगरपालिका ६ स्थित सुन्तलीडाँडामा काठमाडौँको मनमोहक दृश्य देखिने गरी भ्यूटावरको निर्माण गरिने छ,‘ उनले भने । वडा नं १० स्थित भाङ्गावन तथा काठमाडौँ उपत्यकाको दृश्यावलोकनका लागि वडा नं २ विशंखुनारायणस्थित कोटडाँडामा समेत भ्यूटावरको निर्माण गरिने लक्ष्य रहेको नगरप्रमुख मजर्हन बताए ।

गोदावरी क्षेत्रमा पर्ने वनस्पति उद्यानलाई थप व्यवस्थित बनाउँदै पर्यटक आकर्षणको केन्द्र बिन्दुको रुपमा विस्तार गरिने छ । यहाँको प्राकृतिक स्रोत साधनलाई व्यवस्थित गर्दै लैजाने योजना छ । पर्यटक आकर्षित गर्न सुन्तलीडाँडा तथा कोटडाँडामा होमस्टेको अवधारणा ल्याइने महर्जनले बताए । सो क्षेत्रमा नयाँ निर्माण हुने संरचना पर्यटनमैत्री हुनेछन् ।

मिर्मिरे उज्यालोमा चियाको चुस्कीसँगै काठमाडौँको मनमोहक दृश्यलाई क्यामरामा कैद गर्न सकिने छ । यहाँबाट हिमालको समेत तस्वीर लिन सकिने छ । पर्यटन क्षेत्रको विकासले नै आम नागरिकको जीवनस्तरमा परिवर्तन आउन सक्ने महर्जन बताए ।

झररुवासीस्थित सन्तानेश्वर मन्दिरको पर्यटकीय एवं धार्मिक दृष्टिकोणले विकास गर्दै लैजाने नगर उपप्रमुख मुना अधिकारीले बताए । पर्यटकलाई आकर्षित गर्न मिनी मोनोरेलको अवधारणा ल्याउन सकिने उनी बताउँछनु । सो मन्दिरमा पूजाआजा गर्नाले निःसन्तानले सन्तान प्राप्त गर्ने जनविश्वास रहेको छ ।

गोदावरी नगरपालिका ५ का वडाध्यक्ष मिलन सिलवाल यहाँ स्थापना गरिएको मनकामना मन्दिरलाई थप व्यवस्थित बनाएर पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्न सकिने बताए । उपत्यकाबाट नजिकै रहेको उक्त मन्दिरमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन बढ्ने उनीले बताए ।

यहाँ अवस्थित ऐतिहासिक तिलेश्वर मन्दिरको संरक्षण र सम्वद्र्धन गर्नसकेमा पर्यटन नगरका रुपमा विकास गर्न सकिने उनले विश्वास व्यक्त गरे । सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई सहज बनाउन आवश्यक गृहकार्य गरिरहेको सिलवालले बताए ।

सिंगो नगरलाई समृद्ध तुल्याउन नगरप्रमुख तथा उपप्रमुखको मात्र जिम्मेवारी नभई वडाध्यक्षको पनि रहेको वडा नं का वडाध्यक्ष भास्कर थापा बताए । उनले समृद्ध नगर निर्माणमा समग्र नगरवासीले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुुपर्नेमा जोड दिए । समृद्ध नगर बनाउन कृषि, पर्यटन, पशुपालन, उद्योगलगायतका क्षेत्रको समेत विकास गरिनुपर्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...