स्पेनका प्रधानमन्त्रीले गरे क्याटालोनियाको संसद भंग, मन्त्रिपरिषद् बर्खास्त

 98513043 spain

कात्तिक । स्पेनका प्रधानमन्त्री मारिएनो राखोइले क्याटालोनियाको संसद भंग गरेका छन। क्याटालोनिया राज्यको शुक्रबार सांसदले स्पेनबाट स्वतन्त्रताको पक्षमा मत दिएकाले प्रधानमन्त्री राखोइले त्यहाँको संसद भंग गरेका हुन ।

क्याटलान संसद भंग गर्दै प्रधानमन्त्री राखोइले स्थानीय चुनावको घोषणा पनि गरेका छन । चुनावबाट नयाँ नेतृत्व नआएसम्मका लागि क्याटालोनियामा केन्द्र सरकारको शासन रहने र केन्द्रको शासन क्याटालोनियामा शान्ति स्थापना तथा स्थिरताका लागि अत्यावश्यक भएको प्रधानमन्त्री राखोइको भनाई छ ।

प्रधानमन्त्री राखोइले क्याटलान नेता कार्लेस पुइग्डमोन्टलाई बर्खास्त गर्दै क्याटलान मन्त्रिपरिषद पनि भंग गरेका छन । स्पेनबाट स्वतन्त्र हुन चाहेको क्याटालोनियामा अक्टोबर १ मा जनमतसंग्रह भएको थियो । स्पेनको संवैधानिक अदालतले अवैध भनेको जनमतसंग्रहमा स्वतन्त्रताको पक्षमा अत्याधिक बहुमत आएको क्याटालोनियाका नेताले बताएका थिए ।

त्यसपछि बढेको क्याटालोनिया र स्पेनको केन्द्र सरकारबिचको तनाव क्याटलान नेताले स्वतन्त्रता घोषणा सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेपछि उत्कर्षमा पुगेको हो । क्याटालोनिया स्पेनकै भाग रहे पनि स्वायत्त रहँदै आएको थियो । अब भने मड्रिडबाट प्रत्यक्ष शासन लागु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...