टानमा लम्सालको पल्ला भारी

Tan 10

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचन नजिकिँदै गर्दा नेतृत्वमा दुई जनाले दावी गरिरहेका छन् । यही १२ गते हुने टानको निर्वाचनका लागि अध्यक्षको प्रत्यासीका रुपमा टानका पूर्व महासचिवद्वय मोहन लम्साल र नवराज दाहाल देखिएका छन् ।

दुई जना प्रयासीमध्ये लम्साललाई लोकतान्त्रिक समूहका लम्सालको पल्लाभारी छ । लम्साललाई लोकतान्त्रिक समूहको पर्यटन व्यवसायी समूहको समर्थन रहेको छ ।

यी दुबै समुहले आज एकै दिन आफ्ना चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । उनीहरुले पर्यटन व्यवसायलाई मर्यादित बनाउने प्रतिवद्धता जनाएका छन् । निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गरेका उनीहरूले चुनावी प्रचार प्रसार तीव्र पारेका छन् ।

मोहन लम्सालले चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै टानको संस्थागत सुदृढीकरण, पर्यटन प्रवद्र्धन र व्यावसायिक हक, हितमा लागिपर्ने बताएका छन् । उनले स्वच्छ प्रतिस्पर्धाबाट व्यावसायिक नेतृत्वले टानको नेतृत्व लिई नेपाली पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न अभियान चलाउनुपर्ने खाँचो औँल्याए । उनले व्यवसायी भ्याट र स्थानीय करको मर्कामा परेको भन्दै आफू निर्वाचित भएमा सो समस्या समाधान गर्ने बताए ।

अध्यक्षका अर्का प्रत्यासी नवराज दाहालले पदयात्रा पर्यटन व्यवसायमा सशक्त र अनुभवी समूह भएकाले आफ्नो समूहको जित सुनिश्चित रहेको दाबी गरे ।

एक हजार १८६ मतदाता रहेको टानको निर्वाचनले अध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रतिकृया दिनुहोस