पर्यटकीय गन्तव्य बन्दै कोइलाहा ताल

Naure lake dolpa

धनगढी । कैलारी गाउँपालिका ९ स्थित कोइलाहा ताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउन आवश्यक पूर्वाधार जुटाउने काम भइरहेको छ । सो कामको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

तालको उचित व्यवस्थापन गरी पर्यटकीय गन्तव्य बनाउन आगामी ५ वर्षका लागि ५ करोड बजेट विनियोजन गरिएको छ ।

ताल रहेको क्षेत्रमा चारवटा बोटिङ डुंगाको व्यवस्थाका साथै भ्यू टावर, प्रतीक्षालय,वनभोजस्थल लगायतका पूर्वाधारको निर्माण भएपछि आन्तरिक पर्यटक आउन थालेका ताल संरक्षण समितिका अध्यक्ष सिहीलाल चौधरीले बताए ।

‘ताललाई यस क्षेत्रको मुख्य पर्यटकीय गन्तव्य बनाउन पहल भइरहेको छ’, उनले भने । सो ताल अवलोकनका लागि दैनिक ३ सय भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । करिब ७२ हेक्टर क्षेत्रफलमा फैलिएको सो तालको गहिराइ यकिन हुन् सकेको छैन ।

उक्त ताल एक वर्षअघि ५ वर्षका लागि १ करोड ४० लाखमा ठेक्कामा दिइएको वडाध्यक्ष खेमराज चौधरीले बताए । तालमा माछापालन गरिँदै आएको छ । तालको आम्दानीले सो क्षेत्रमा रहेका विभिन्न विद्यालयका निजी स्रोतका शिक्षकको पारिश्रमिक व्यहोर्ने गरिएको छ ।

उक्त क्षेत्रमा कोइलही नामका दुईवटा ठूला ताल, जोगिनियालगायतका आठवटा प्राकृतिक ताल रहेका वडाध्यक्ष चौधरी बताउँछन् । कैलारी गाउँपालिकामा ७३ वटा प्राकृतिक ताल तलैया रहेका छन् ।

ताल तलैयाको स्थानीय क्लब, विद्यालय र समूहले आ–आफ्नै ढंगले उपयोग गरिरहेका छन् । गाउँपालिकाले आफ्नो मातहतमा ल्याएर निश्चित अवधिसम्म ठेक्कामा लगाई आम्दानीको स्रोत बनाउन लागेको सो गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत बलराम चौधरी बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...