पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीको मुल्य १ लाख डलर

1506137551

कात्तिक । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको हत्याका लागि १९ वर्षीय युवकलाई एक लाख डलरको अफर गरिएको छ ।
पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको बहरमपुरका पोलिटेकनिक विषय पढ्दै गरेका छात्रलाई अमेरिकाको फ्लोरिडाबाट फोनमार्फत मुख्मन्त्रीको हत्या गर्न भनिएको पश्चिम बंगाल प्रहरीले जनाएको छ ।


सनसनीपूर्ण खबर फैलिएपछि प्रहरीका साथै गुप्तचर निकायले घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ । यो खबरले पश्चिम बंगालको राजनीति र प्रशासनमा तरंग पैदा गरेको छ । बहरमपुरका ती छात्रलाई ह्वाट्स एपमा आफूलाई ल्याटिन बताउने व्यक्तिले सन्देश पठाएका हुन् । आफूलाई आतंकवादी बताउने ती व्यक्तिले भारतमा आतंककारी संगठनमा काम गर्नका लागि साझेदार खोजेको बताएको खबर भारतीय सञ्चार माध्यम दैनिक जागरणमा उल्लेख छ ।


ह्वाट्स एपमा भएको कुराकानीमा छात्रले सहयोग गरेबापत एक लाख डलर पाउने बताइएको थियो । ‘तिमी पूरै सुरक्षित हुनेछौ । के तिमी तयार छौ ?’ भनेर ती अज्ञात व्यक्तिले छात्रलाई सोधेका थिए । छात्रले केही समय पर्ख भन्दा ती व्यक्तिले ‘म अरुलाई खोज्छु हातमा आएको एक लाख डलर जान नदेउ’ भनेको समाचारमा उल्लेख छ । ४० मिनेटपछि छात्रले आफू त्यस्तो षड्यन्त्रमा सहभागी नहुने जवाफ दिएका थिए ।
जब छात्रले अज्ञात व्यक्तिलाई आतंककारी भने, उसले छात्रसँग आफूसँग पश्चिम बंगालकी मुख्यमन्त्रीको हत्या गर्ने ‘कन्ट्र्याक्ट’ भएको बतायो । छात्रले आफूले यो घटना प्रहरीलाई जानकारी गराउने बताएपछि उनलाई त्यो व्यक्तिले फेरि सन्देश पठायो, ‘प्रहरी चौकी नजिकैको तिम्रो लोकेसन प्राप्त भएको छ ।’


‘के तिमी थाना गैरहेका छौ ? हामी तिमीलाई नियालिरहेका छौँ । हामीलाई मुर्ख बनाउने काम नगर, नत्र तिमीलाई मारिदिनेछौँ ।’ छात्रको मोबाइलमा यो सन्देश आएपछि प्रहरीले फोन बन्द गर्न भनेको छ । पश्चिम बंगालका गुप्तचर निकायका अधिकारीहरुका अनुसार जुन नम्बरबाट सन्देश आएको छ, त्यसबारेमा अनुसन्धान भैरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...