पोर्चुगलका भएको आगलागीमा २७ को मृत्यु, ५१ घाइते

Aago lagi 30

लिस्बोन । पोर्चुगलको उत्तरी तथा मध्य क्षेत्रका विभिन्न ठाँउमा भएका आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

देशका ५ सयभन्दा बढी ठाँउमा आगलागी भएको र घटनामा परी अन्य ५१ जना घाइते भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । राष्ट्रिय नागरिक संरक्षण प्राधिकरणले आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको सोमबार जनाएको छ ।

प्राधिकरणका प्रवक्ता प्याट्रिकिआ गास्परले विनाशकारी आगलागीका कारण मृत्यु भएका मध्ये भिसेउका १६ जना, कोइम्बराका १० जना र कास्टोलो ब्रान्कोका एक जना रहेको बताए ।

देशको उत्तरी र मध्य क्षेत्रमा तापक्रम बढेर आइतबार ३२ डिग्री सेल्सीयस पुगेको बताइएको छ । विषेश गरेर उत्तरी रिभर ट्याङस प्रदेश सरकारले भिसेउमा सार्वजनिक संकटकाल घोषणा गरेको छ ।

आगलागीमा परी घाइते भएका ५१ जना मध्ये कम्तीमा छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । घाइते मध्ये अधिकांश आगलागी भएपछि भागदौड गर्दा भएको दुर्घटनामा परी घाइते भएका हुन् ।

अधिकांश मोटरबाटो र रेल मार्गहरु बन्द भएका छन् भने गाउँहरु पुरै खाली गराइएका छन् । सोमबारसम्म १ सय ४७ ठाँउमा आगलागी भइरहेको छ र आगलागी नियन्त्रण गर्न छ हजार अग्नी नियन्त्रकाहरु परिचालित भइरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...