इरान पाकिस्तान सीमा व्यवस्थापन समझदारी

इस्लामावाद । पाकिस्तान र इरानबीच दुई देशबीचको सीमा व्यवस्थापनमा सहमति भएको छ । सो सम्बन्धी समझदारीपत्रमा यी दुई देशले आइतबार हस्ताक्षर गरेका छन् ।

यी दुई देशको संयुक्त सीमा आयोगको बैठक आइतबार पाकिस्तानको बोलुचिस्तान प्रान्तमा भएको थियो । त्यस अवसरमा दुई देशकाबीच यो समझदारी भएको हो ।

गएको मे महिनामा यी दुई देशको सीमा आयोग गठन भएको थियो । आतंकवादी क्रियाकलापको नियन्त्रण गरी पाकिस्तान र इरानबीचको सीमा क्षेत्रलाई अद्यावधिक गर्नका लागि भन्दै सो संयुक्त आयोगको गठन भएको थियो ।

आइतबार उक्त आयोगका २१ औँ बैठक बसेको रेडियो पाकिस्तानले जानकारी दिएको छ । रेडियो पाकिस्तानका अनुसार सो आयोगको बैठकमा आतंकवादी क्रियाकलापहरुको निगरानी र नियन्त्रण, सीमा सुरक्षा, अध्यागमन तथा द्धिपक्षीय व्यापारलगायतका क्षेत्रमा छलफल र सहमति भएको थियो ।

सो बैठकमा सहभागी दुवै देशका प्रतिनिधिहरुले सीमा क्षेत्रमा हुन सक्नै अवैध लागूपदार्थको ओसार पसार, अवैध आप्रवासनको आवातजावत लगायतका धेरै क्षेत्रहरुको रोकथामका लागि सहमति तथा प्रतिबद्धता कायम गरेका रेडियो पाकिस्तानले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...