मोगादिशु बिष्पोटमा मृत्यु हुनेको सङ्ख्या १३७ पुग्यो  

Somaliya blast

 

मोगादिसु । सोमालियाको राजधानीमा रहेको मोगादिशु सफारी होटेलमा शनिबार भएको विष्पोटमा परी ज्यान गुमाउनेको सङ्ख्या १३७ पुगेको सोमालियाली अधिकारीले आइतबार जनाएका छन् ।

एएफ्पीलाई प्राप्त पछिल्लो विवरण अनुसार घटनामा ३ सय जना घाइते भएका छन् ।

मृतकमध्ये अधिकांशको शरीर डढेर पहिचान गर्न नसकिने अवस्थामा रहेको बताउँदै प्रहरी अधिकारी इब्राहिम मोहम्मदले एएफ्पीलाई बताए ।

अहिलेसम्म १३७ जनाको मृत्यु भएको छ भने ३ सय जनाभन्दा बढी घाइते भएको प्रहरीको अनुमान छ ।

यसपहिले अमिन एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा विष्पोटका कारण अहिलेसम्म मृत्युहुनेको सङ्ख्या ८५ पुगेको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी गराएको थियो यो ।

घटनामा गम्भीर घाइतेको सङ्ख्या अझै धेरै रहेकाले मृतक सङ्ख्या अझै केही बढ्नसक्ने उनले बताए । विष्पोटको आइतबारसम्म कुनै समूहले पनि जिम्मेवारी लिएको छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...