क्यालिफोर्नियाको डढेलोबाट ३३ मृत्यु, सयौ बेपत्ता  

Aago lagi

 

सान फ्रान्सिस्को । अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ३३ को मृत्यु हुनुको साथै अन्य सयौ बेपत्ता रहेका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन ।

अमेरिकामा करिब २० बर्ष अगाडी अर्थात सन् २००१ को सेप्टेम्बर १ भएको भीषण डढेलोपछि अमेरिकी अग्निनियन्त्रकहरुले ठूलो सङ्ख्यामा ज्यान गुमाउनु परेको यो नै एक भयानक घटना भएको जनाइएको छ ।

गत आइतबार साँझबाट जंगलमा लागेको डढेलोपछि सहर बस्तीमा छिरेको थियो । आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या शुक्रबार बेलुकासम्म ३३ पुगेको र अझै अरु सयौं व्यक्ति हराइरहेका बताइएको छ ।

यसलाई क्यालिफोर्नियाको इतिहासमा नै प्राकृतिक प्रकोपबाट भएको यो सबैभन्दा ठूलो क्षति भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...