पर्यटकलाई लक्षित गर्दै १७ करोडको लगानीमा रिसोर्ट बन्ने

Agro manang1

मुस्ताङ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आउने धार्मिक पर्यटकलाई लक्षित गर्दै १७ करोडको लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनका अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाको लगानीमा निर्माणधिन उक्त रिसोर्ट अबको एक वर्षभित्र सञ्चालनमा आउनेछ ।

रिसोर्टको मुख्य भवन निर्माण भइसकेको छ । रंगरोगन, कटेज, स्याउबारी, विभिन्न थरिका बिरुवाको बगैँचा र पार्किङस्थल निर्माण बाँकी छ ।

३ वर्षअघि निर्माण थालिएको उक्त रिसोर्टको २० कोठा भएको भवन निर्माण भएको लामाले जानकारी दिए । स्थानीयवासीसँग करिब ८० रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएर शुरु गरेको सो रिसोर्ट दुई चरणमा बन्नेछ ।

पहिलोचरणको काम ८० प्रतिशत सकिएको छ, भने दोस्रोचरणको काम रिसोर्ट सञ्चालनमा आएपछि शुरु हुनेछ ।

रिसोर्टमा अत्याधुनिक सुविधाका साथमा रक क्लाइबिङको व्यवस्था हुनेछ । वरपर स्याउबारी समेत रहनेछ । पहिलोचरणमा रु १० करोड र दोस्रो चरणमा थप ७ करोड लगानी हुनेछ ।

मुक्तिनाथमा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक उल्लेख्य संख्यामा आउन थालेकाले त्यसैलाई मध्यनजर गरेर लामाले रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन् ।

लामाले रिसोर्टमा रोजगारका लागि स्थानीयवासीलाई नै पहिलो प्राथामिकता दिने बताए । बेनी–जोमसोम–कागबेनी र मुक्तिनाथ सडक सञ्चालनमा आएसँगै मुक्तिनाथ पुग्ने आन्तरिक र भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

राउण्ड अन्नपूणअन्तर्गत पर्ने मुक्तिनाथमा तेस्रो मुलुकका पर्यटकको आवागमन पनि उल्लेख्य छ । हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिने मुक्तिनाथमा लामाले नै ३४ फिट अग्लो बुद्धको मूर्ति प्रतिस्थापन गरेका हुन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...