रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउन युरोपेली सङ्घको आग्रह

20170924 211423

 नयाँदिल्ली । युरोपेली सङ्घका अध्यक्ष डोनाल्ड टस्कले रोहिङ्ग्या शरणार्थीहरूलाई मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन अनुसार स्वदेश फर्काउन शुक्रबार म्यानमारलाई आह्वान गरेका छन ।
केही हप्ता अगाडी म्यानमारमा चर्किएको हिंसाका कारण भागेर बङगलादेशमा शरणार्थी भएका लाखौं रोहिङ्ग्या शरणार्थीहरूलाई तत्काल स्वदेश फर्काउन उनले आह्वान गरेका हुन ।
टस्कले राखिन राज्यबाट शरणार्थी भएका रोहिङ्ग्याहरूलाई आवश्यक सहयोग पनि म्यानमारले तत्काल उपलब्ध गराउनु पर्ने बताएका छन ।
म्यानमारको सेनाले रोहिङ्ग्याहरूको घर जलाईदिन थालेपछि उनीहरू विस्थापित भएर बङ्गलादेशमा शरणार्थी हुनु परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
नयाँदिल्लीमा भारतीय नेताहरूसँगको भेटपछि अध्यक्ष टस्कले छिमेकी मुलुकको हैसियतले भारतले पनि केही सकारात्मक र सहयोगी भूमिका खेल्नु पर्नेमा जोड दिए ।
उनले युरोपेली सङघको तर्फबाट गर्न सकिने सहयोग र भूिमकाका लागि सङ्घ तयार रहेको पनि जानकारी दिए ।
गत अगस्तको अन्त्य तिर म्यानमारमा भड्कीएको हिंसाका कारण झण्डै पाँच लाख रोहिङ्ग्या समुदायका मानिस बङ्गलादेशमा शरणार्थी भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
तर म्यानमार सरकारले भने विस्थापित भएकाहरू अवैध आप्रवासीहरू भएकाले उनीहरू म्यानमारका नागरिक नभएको दावी गरेको छ ।
विध्वंशका कारण संकटग्रस्त क्षेत्रमा हालै मात्र स्थलगत अवलोकन गरेको संयुक्त राष्ट्रसङ्घको टोलीले बुद्ध धर्माबलम्वी म्यानमारका नागरिकको अवस्था ‘अकल्पनीय’ पिडादायी भएको बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...