अतिक्रमणको चपेटामा एतिहासिक नन्दल ताल

संरक्षण नपाउँदा अस्तित्व गुम्ने अवस्थामा

Nawa16

नवलपरासी । नवलपरासीको एक मात्र ऐतिहासिक नन्दल ताल अतिक्रमणको चपेटामा परेको छ ।

करिब १६५ बिगाहा क्षेत्रफलमा फैलिएको तालको सम्पूर्ण भाग स्थानीयवासीले अतिक्रमण गरी खेती गरिरहेका छन् भने यसको संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित निकायले कुनै पहल गरिरहेको छैन ।

हाल तालमा पानी छैन । तालको क्षेत्रफल मानिने अधिकांश जग्गामा स्थानीयवासीले अन्नबाली लगाउने गरेका छन् । ताल नवलपरासीको हालको रामग्राम नगरपालिका–१४ र १५ को केही भाग र यसैगरी पाल्हीनन्दन गाउँपालिका–५ साबिक सनई, सुक्रौली र हुकुई गाविसमा फैलिएको छ ।

ताल संरक्षण हुन नसक्दा अहिले आफ्नो अस्तित्व गुमाउन पुगेको एक स्थानीयवासीले बताएका छन् ।

पौराणिक इतिहासमा कृष्ण भगवानले आफ्नो नारायणी सेना लगाएर सो ताल खनेको धार्मिक किंवदन्ती छ ।

एकातर्फ ताल संरक्षणको अभावमा इतिहास गुमाउँदै गएको छ भने अर्कोतर्फ तालको जग्गा स्थानीयवासीले अतिक्रमण गर्दै जोतभोग गर्दैछन् ।

पटक पटक तालको संरक्षणका लागि यस अगावैको जिविस हालको जिल्ला समन्वय समितिबाट तारबार गरी क्षेत्रफल निर्धारण गर्न रकम विनियोजन भएको भए पनि हालसम्म तालको यकिन जग्गासमेत छुट्याउन सकिएको छैन र त्यसको संरक्षणमा रकम पनि खर्चिएको छैन ।

ऐतिहासिक र परिचित भए पनि नन्दन ताल पछिल्लो समयदेखि स्थानीयवासीले बिना अनुमति आफैँ बाँडफाँड गरी जोतभोग गर्न थालेपछि यसको इतिहास र अस्तित्व गुम्ने अवस्थामा पुगेको देखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...