३२ वर्षअघि आएको भूकम्पको वार्षिकोत्सव मनाइरहँदा मेक्सिकोमा शक्तिशाली भुकम्प

कम्तीमा १३० को मृत्यु, सयौ घाइते

Mecico citi vukamp (2)

मेक्सिको सिटी । मेक्सिकोमा गएको शक्तिशाली भूकम्प गएको छ । सो भुकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु भएको छ भने सयौ घाइते भएका छन् ।

७.१ रेक्टर स्केलको भूकम्पले राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ । राजधानीमै दजनौं घरहरु भत्किएका छन् ।

अहिले खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको अधिकारीहरुले बताएका छन् ।

३२ वर्ष अघि आएको ठूलो भूकम्पले हजारौं मारिएको वार्षिकोत्सवका दिन थुप्रै मानिसहरु भूकम्प आउँदा बच्ने उपायको पूर्वाभ्यास गरिरहेका बेला भूकम्प गएको थियो ।

मेक्सिको सिटीको विमानस्थल केही समयका लागि बन्द गरिएको थियो र शहरभरका घरहरु खाली गराइएका थिए । मेक्सिको भूकम्पको खतरामा रहेको मुलुक हो । यो महिनाको शुरुमा दक्षिणतिर ८.१ म्याग्नीच्यूडको भूकम्प आउँदा ९० जनाको मृत्यु भएको थियो ।

मंगलबार त्यस्तो समयमा भूकम्प गयो, जतिबेला मेक्सिको सिटीमा मानिसहरु भूकम्प आएको समयमा कसरी उद्दार गर्ने भनेर अभ्यास गरिरहेका थिए । मेक्सिकोमा ३२ वर्षअघि विनाशकारी भूकम्प गएको थियो, जसमा १० हजार मानिसले ज्यान गुमाएका थिए ।

यसै महिना ८.१ रेक्टर स्केलको भूकम्प देशको दक्षिणी भागमा गएको थियो, जसमा ९० जनाको मृत्यु भएको थियो । मंगलबारको भूकम्पको केन्द्र पुएब्ला प्रान्तको एन्टेसिगो नजिकै थियो । यो इलाका मेक्सिको सिटीबाट १२० किलोमिटरको दुरीमा छ ।

उद्दारकर्ताहरुले भग्नावशेषमा पुरिएका हुनसक्ने जीवितहरुको खोजी गरिरहेका छन् । उनीहरुले मृत्यु हुनेको संख्या बढ्ने बताएका छन्।

प्रतिकृया दिनुहोस