रोहिङ्गाबारे राष्ट्रिय एकताको खाँचो छ : म्यान्माली सैनिक प्रमुख

Myanmar army chief

म्यानमार । देश छोडेर भागेका म्यानमारका मुस्लिम समुदाय रोहिङ्गाका बारेमा त्यहाँका सैनिक प्रमुखले राष्ट्रिय रुपमा एकजुट हुनु पर्ने खाँचो औल्याएका छन ।
सैनिक प्रमुखले म्यानमारको सेनाले उक्त रोहिङ्गा जातिका नागरिकमाथि ज्यादती गरेको र जसका कारण उनीहरु भाग्नु परेको भन्ने आरोप आएकोले यस विषयमा स्पष्ट हुन चाहेको भन्दै पहिलो पटक आइतबार प्रतिक्रिया दिएका छन ।

उनले यस्तो ज्यादती नभएको पनि स्पष्ट गर्नुभएको छ । गएको २५ अगष्टमा रोहिङ्गा जातिको जातीय विद्रोही लडाकूहरुले म्यानमारका दर्जनौँ प्रहरी चौकीमा सशस्त्र हमला गरेकोले सेनाले ती आक्रमणकारीमाथि कारबाही मात्र सुरु गरेको उनको भनाई छ ।

म्यानमारका सैनिक प्रमुख मिन आङ हालिङले आफ्नो फेसबुक पेजमा भनेका छन– उनीहरुमाथि कुनै ज्यादती भएको छैन, प्रहरी चौकीमाथि हमला भएपछि म्यानमारको सेनाले आफ्नो काम गरेको मात्र हो ।
गएको अगष्ट २५ तारिखदेखि उक्त राज्यमा रोहिङ्गा मुस्लिम समुदायको विद्रोही समूह र म्यानमारको सेनाबीचमा झडप सुरु भएको थियो ।

त्यसयता विवाद चर्किँदै गएको छ । जसका कारण अन्तर्रा्ष्ट्रिय समुदायमा पनि म्यानमारको ठूलो आलोचना भएको छ ।अहिलेसम्म म्यानमारबाट भागेर बङ्गलादेशसम्म पुग्ने नागरिकको सङ्ख्या कम्तीमा पनि चार लाख पुगेको छ । म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बङ्गलादेशसम्म पुगेका छन् । उनीहरु यसरी जोखिमपूर्ण रुपमा नदी पारगर्ने क्रममा ज्यान पनि जाने गरेको छ ।

राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण करिब ३० हजार व्यक्ति राखिन राज्यभित्रै तथा अरु लाखौँजना विदेशमा विस्थापित भएका छन् ।
त्यस समयदेखि आजसम्ममा ती समुदायका कम्तीमा पनि १०० जनाको ज्यान गएको र कैयौ मानिस को शव अझै पत्ता नलागेको अधिकारीहरुले जनाएका छन् ।

म्यानमार सरकारले भने उनीहरूमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ

प्रतिकृया दिनुहोस