यमनमा २० जना हुथी विद्रोही मारिए

Us striike yemen

साना । साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा परी यमनका कम्तीमा २० जना हुथी विद्रोही लडाकूहरुको मृत्यु भएको छ ।

यमनको दक्षिणपश्चिमी शहर मेदीमा गत चौविस घन्टामा भएको कारबाहीमा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

सरकारी पक्षबाट शनिबार जारी वक्तव्यमा अरु १० जना विद्रोही लडाकू घाइते भएको उल्लेख गरिएको छ ।

गठबन्धन सेनाले शहरको रेड सी क्षेत्रमा विषेश चासोका साथ कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

शुक्रबार विहान सुरु भएको सुरक्षा कारबाही शनिबार विहानसम्म चलेको सुरक्षा अधिकारीलाई उदृत गर्दै सञ्चार माध्यमले जनाएका छन् ।

कारबाहीका क्रममा भएको भिडन्तमा परी सुरक्षाकर्मीतर्फका चार जनाको मृत्यु भएको र अरु ४ जना घाइते पनि भएको सरकारी पक्षले जनाएको छ ।

घटनास्थल मेदी भन्ने ठाउँ साउदी अरबसँगको सिमानामा पर्दछ । कम्तीमा पनि विगत २ वर्षदेखि त्यस क्षेत्रमा सरकारी सेना र विद्रोही लडाकूकाबीचमा दैनिक भिडन्त हुने गर्दछ ।

प्रतिकृया दिनुहोस