दक्षिणी इराकमा भएका आक्रमणहरुमा ८३ को मृत्यु

Karada

बाग्दाद । इराकको दक्षिणी प्रान्त घी कारको नस्रियाह सहरमा भएका कार बम आक्रमण र गोली प्रहारमा परी कम्तीमा ८३ व्यक्तिको मृत्यु भएको समाचार छ ।

साथै ती आक्रमणहरुबाट अन्य ९३ जना घाइते भएका पनि प्रान्तीय चिकित्सक स्रोतले जानकारी दिएको समाचारमा उल्लेख छ ।

घी कार प्रान्तको फदाक क्षेत्रमा भएको कारबम आक्रमण र गोली प्रहारमा परी ८३ जनाको मृत्यु हुनको साथै ९३ जनाको घाइते भएका छन् । उक्त चिकित्सक स्रोतले जनाएको छ ।

घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको प्रान्तीय स्वास्थ्य विभागका प्रमुख जसिम अल खालेदीले सिन्ह्वा समाचार समितिलाई बताए ।

यस आक्रमणमा परी कैयौँ इरानीको हताहत भएको खालेदीले जनाकारी दिएको छ । तर उनीहरु कतिजना छन् भन्ने कुरा भने बताइएको छैन ।

इराकको राजधानी बग्दादबाट ३ सय ७५ किलोमिटर दक्षिणमा पर्ने नस्रियाहको पश्चिमी क्षेत्र फदाकमा रहेको रेष्टुरेन्ट र त्यसको वरपर कारबम आक्रामण भएको जनाइएको छ ।

आक्रमणकारीहरुसँग इराकी सुरक्षाबलको पनि झडप भएको बताइएको छ । यस आक्रमणको इस्लामिक स्टेट्स आतङ्ककारी समूहले जिम्मा लिएको छ ।

सो समूहले अनलाइन विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी दिएको छ । उक्त आतङ्ककारी संगठनले यसअघि पनि सो क्षेत्रमा बारम्बार हमलाको चेतावनी दिने गरेका थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...