यसपाली विदेशी पर्यटकको आगमनले बहार आउने संकेत

Hill trekking1

काठमाडौं । आउँदो सिजनका लागि होटलहरुमा बुकिङ बढ्दै गएपछि पर्यटन व्यवसायीहरु हौसिएका छन् । यसपाली विदेशी पर्यटकको आगमन गत वर्षभन्दा उच्च हुने उनीहरुको अनुमान छ ।

हिमाल चढ्ने उद्देश्य लिएका केही पर्यटक नेपाल आइसकेका छन् । यसले गर्दा होटलहरुमा अकुपेन्सी बढ्दै गएको छ । अन्य क्षेत्रका पर्यटकहरुले भने अहिले धमाधम बुकिङ गरिरहेका छन् ।

चिनीया तथा भारतीय पर्यटक भने हरेक समय नै आउने गर्दछन् । पर्यटन व्यवसायीहरुले नेपाली तथा भारतीय पर्यटकलाई सदाबहार पर्यटकको रुपमा लिने गरेका छन् । पछिल्लो समय चिनीया पर्यटकहरु नेपालमा बढ्दै गएका छन् ।

दुई वर्षअघि गएको भूकम्पका कारण अवरुद्ध बनेको चीनतर्फको तातोपानी नाका अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । जसका कारण चिनिया पर्यटकहरु यो बाटो हुँदै आउन सकेका छैनन् ।

त्रिभुवन बिमानस्थलको स्तरोन्नती गर्ने कार्य पनि अहिले अघि बढ्न सकेको छ । सडक मर्मत प्रभावकारी रुपमा अघि बढाउने र बिमानस्थलको स्तरोन्नती गर्ने हो भने अझै पर्यटक थपिने शाह बताए ।

पर्वतारोहणको लागि पर्यटन विभागमा अहिले यस्ता पर्वतारोहीले अनुमति लिइरहेका छन् । पर्वतारोही संघका महासचिव गुरुङ भन्छन् ‘गत वर्षको सिजनमा भन्दा यसपाली हिमाल चढ्ने पर्वतारोही बढेको छन् ।’

पर्यटन व्यवसायी तथा ट्रेकिङ व्यवसायी समेत पर्यटक आगमनको कारण खुसी भएका छन् । टानका महासचिब कर्ण लामा ट्रेकिङ एजेन्सीमा पनि बुकिङ गत वर्ष भन्दा उच्च रहेको बताए । जसका कारण नै पर्यटकको संख्या यसपाली बढ्ने व्यवसायीको आँकलन छ ।

 

प्रतिकृया दिनुहोस