सडकका कारण सौराहा आएनन् पर्यटक,व्यवसायी चिन्तित

Chitwan national park

चितवन । राजधानी काठमाडौँं, पोखरालगायतका पर्यटकीय स्थलमा विगतका वर्षमा भन्दा बढी पर्यटक भित्रिरहँदा सौराहामा भने खासै पर्यटक भित्रन सकेका छैनन् ।

काठमाडौंँ र पोखरा आवतजावत गर्ने मुख्य सडक नारायणगढ–मुग्लिन सडक खण्डको स्तरोन्नतिको काम भइरहेकाले पहिरो खस्ने, घण्टौँ जाम हुने जस्ता समस्याका कारण पर्यटक चितवन आउन नसकेका हुन् ।

क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष दीपक भट्टराईका अनुसार हालसम्मकै न्यून पर्यटक यतिबेला सौराहामा छन् । ‘बिगतका वर्षमा यतिबेला सौराहामा दैनिक ६ सयको हाराहारीमा पर्यटक हुन्थे, यस वर्ष २ सय पनि पुग्न मुस्किल छ ।’सडककै कारण सौराहाको पर्यटकीय क्षेत्र नराम्रोसँग प्रभावित भएको उनको भनाइ छ ।

भट्टराइले भने ‘दुई दिनअघि बिहान ७ बजे काठमाडौँबाट हिँडेका पर्यटक राति १२ बजे मात्र सौराहा आइपुगे,‘ बुकिङ् गरेका पर्यटकले पनि रद्द गरेका छन् । काठमाडौँं र पोखराका होटल यतिबेला ७५ प्रतिशतको हाराहारीमा बुकिङ् छन् ।

सौराहाका व्यवसायीलाई छटपटि छ । क्षेत्रीय होटल संघ सौराहाका सचिव दामोदर रेग्मी २ दिनका लागि आउने पर्यटक एक दिन पूरै सडकमा बस्नु परेपछि कसरी आउने प्रश्न गरे । १८ देखि २० घण्टासम्म पर्यटकले सडकमा समय बिताएको भन्दै उनले छिटो सडक निर्माण हुन नसके सौराहाको पर्यटन क्षेत्र तहसनहस हुने बताए ।

आउँदो २ साताभित्र बाढीका कारण प्रभावित सबै होटल पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन उनले जोड दिए । राप्ति किनारका बगाएका ५ वटा रेस्टुरेण्ट बन्दै छन् भने क्षति पु¥याएका होटलमध्ये ३ वटा सञ्चालनमा आउन बाँकी छ ।

व्यवसायीले काठमाडौँबाट चितवनतर्फ आउने गाडीलाई नौबिसे, हेटौँडाको दामन हुँदै एकतर्फी रुपमा सञ्चालन गर्नका लागि अनुरोध गर्दै आएका छन् । पहिरोमा कुर्नुभन्दा दामनतर्फको पहाडी दृष्य देखाउँदै पर्यटक ल्याउन व्यवसायीको सुझाव छ ।

सौराहाबाट ९ वटा पर्यटक बस दैनिक काठमाडौँ चितवन गर्ने भए पनि बसमा पर्यटक न्यून मात्रै आउने गरेका छन् । सौराहामा ठूला साना गरी १ सय १० वटा होटल सञ्चालनमा छन् भने तिनको क्षमता ५ हजार पर्यटक अट्ने रहेको छ । होटल खाली हुँदा झण्डै १२ अर्ब ऋण बोकेका सौराहाका व्यवसायी चिन्तित बनेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...