पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासी एकजुट

Nab

तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङलुङ नजिकै रहेको दशकते सामुदायिक वनमा रहेका ऐतिहासिक टुङ्ना गुफा र मन्दिर संरक्षणका लागि स्थानीयवासी जुटेका छन् ।

गुफा तथा मन्दिरको धार्मिक महत्वलाई प्रचारमा ल्याएर पर्यटकीयस्थलका रुपमा विकास गर्न उनीहरुले गुफा तथा मन्दिर व्यवस्थापन समिति पनि गठन गरेका छन्

उक्त समितिलाई आकर्षक पार्क र बगैँचासमेत निर्माण गरेर प्रचारमा ल्याउन जिम्मेवारी दिइएको छ । सदरमुकाम नजिकै भएकाले गुफा हेर्न, मन्दिरमा दर्शन गर्न र पार्क अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयवासीको बुझाइ छ ।

शनिबार बिहान बसेको स्थानीयवासीको भेलाले व्यवस्थापन समितिको अध्यक्षमा पदम तुम्बाहाम्फे, उपाध्यक्षमा कृष्णबहादुर कटुवाल, सचिवमा भगिश्वर लिम्बू र कोषाध्यक्षमा रामबहादुर तुम्बाहाम्फेलाई चयन गरेको छ । समितिको सदस्यमा देवीबहादुर श्रेष्ठ, मानबहादुर लिम्बू र लैनबहादुर तुम्बाहाम्फे छन् ।

नवगठित समितिले यहाँ रहेको ‘केमुक’ अर्थात् ‘टुङ्ना’ गुफा, दशकते देवीथान, महादेव हाङसाम माङ्हिमलगायत ऐतिहासिक धार्मिक क्षेत्रको सरसफाइ, संरक्षण र व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाइ काम गर्ने अध्यक्ष तुम्बाहाम्फेले बताए ।

यसैबीच गुफामा प्रवेश गर्नका लागि असजिलो रहेको ठाउँमा म्याङलुङका व्यवसायी गोकुल सुवेदीले फलामको भ¥याङ निःशुल्क उपलब्ध गराए ।

गुफाको संरक्षण र व्यवस्थापन गरी पर्यटकीय स्थल बनाउने अभियानमा स्थानीयवासी जुटेको थाहा पाएपछि गुफा प्रवेशका लागि सहज होस् भनेर भ¥याङ उपलब्ध गराएको व्यवसायी सुवेदीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...