अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणमा एकै परिवारका १३ जनाको मृत्यु

Aaab

भदौ । पूर्वी अफगानिस्तानमा भएको अमेरिका आवद्ध सेनाको हवाई आक्रमणमा एकै परिवारका १३ जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् ।
अमेरिकी सेनाले हवाई कारबाही भने पनि मारिएका एकै परिवार १३ जनामा प्राय महिला र बालबालिका रहेका एएफपीले जनाएको छ । अमेरिकी सुरक्षा बलले यस घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् । एक अफगान अधिकारीका अनुसार भने काबुलनजिकै लोगार प्रान्तको दासत ए बारी गाउँमा भएको हवाई आक्रमण्मा एक दर्जन भन्दा बढी आतङ्ककारी मारिएका छन् ।


अफगान अधिकारीका अनुसार अफगान सुरक्षाबलले नै छुट्टाछुट्टै इलाकामा गरेको हवाई कारबाहीमा १३ सर्वसाधारणको ज्यान गएको केही दिनमा नै पुनः यो घटना भएको छ ।


अफगानिस्तानमा यस वर्षको सुरुदेखि अहिलेसम्म भएका जारी द्वन्द्वसँग सम्बन्धित हिंसामा एक हजार ६ सय ६२ व्यक्तिको ज्यान गएको छ भने तीन हजार ५ सय घाइते भएका छन् ।


अफगानिस्तानको लागि संयुक्त राष्ट्र संघका सहयोग मिसनद्वारा गएको महिना प्रकाशित एक प्रतिवेदनमा यस्तो जानकारी दिइएको छ । यो सङ्ख्या गएको वर्षको तुलानामा २० प्रतिशतले बृद्धि भएको पनि मिसनले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...