चीनको गुईझाउमा पहिरोमा २६ जनाको मृत्यु

China land slide td7zsymry9

गुईयाङ (चीन) । चीनको दक्षिणपश्चिमी गुईझाउ प्रान्तमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेहरुको संख्या बिहीबार सम्म २६ पुगेको छ ।

पहिरोमा परी हराईरहेका मध्ये नौ जना अहिले सम्म पनि भेटिएका छैनन भने आठ जना घाइते भएका छन् । उद्धारकर्ताहरुले हराइरहेकाको खोजी कार्य अझै पनि जारी राखेको स्थानीय अधिकारीले बताएका छन् ।

पहिरो गएदेखि अहिले सम्म स्थानीय प्रहरी, अग्नि नियन्त्रक, स्वास्थ्यकर्मी र स्थानीय सरकारी कर्मचारी गरी २८ हजार जना खोजी तथा उद्धारमा खटिएका थिए ।

उनीहरुसँगै ११० वटा आपतकालिन सवारी साधन, आठ वटा ड्रोन पनि खोजी तथा उद्धारमा परिचालन भएको उद्धार केन्दिीय कार्यालयले जनाएको छ ।

अर्थ र नागरिक मामिला मन्त्रालयले संयुक्त रुपमा पहिरो प्रभावित क्षेत्रकालागि सहायता कोष छुट्याएर राहत वितरण गरेका छन् । पहिरोले ८० घरका कुल २८९ जना प्रभावित भएका छन् ।

स्थानीय समय अनुसार सोमबार विहान १०।४० मा आएको पहिरोले छ लाख क्युविक मिटर ढुङ्गा माटो बगाएको सरकारी अधिकारीले सिन्ह्वालाई जानकारी दिएका छन् ।

गत हप्तादेखि चीनका विभिन्न ठाँउमा ठूलो मात्रामा वर्षा भएको छ । सामान्यतया यस्ता वर्षा हुँदा चीनका ग्रामीण र पहाडी क्षेत्रहरूमा बेलाबेलामा पहिरो जाने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...